default_image

2 years ago

May 7, 2024

पहिलो पटक सार्वजनिक विश्व फुटसल वरियतामा नेपाल १२१औं

1971 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ फिफाले पहिलो पटक सार्वजनिक गरेको विश्व पुरुष फुटसल वरियतामा नेपाल समेत सामेल भएको छ । फिफाले मंगलबार सार्वजनिक गरेको वरियतामा नेपाल १२१औं स्थानमा रहेको छ ।

फिफाले पहिलो पटक विश्व फुटसल वरियता सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको पुरुष वरियतामा नेपाल सामेल भएपनि महिला वरियतामा भने नेपाल सामेल छैन ।

दक्षिण एसियाली राष्ट्रहरू मध्य नेपाल सहित माल्दिभ्स र भारत मात्र वरियतामा सामेल छन् । माल्दिभ्स ११०औं र भारतले १३५औं स्थान ओगटेको छ । महिला तर्फ भने दक्षिण एसियाली राष्ट्र मध्य बंगलादेश मात्र सामेल छ । महिला तर्फ बंगलादेश विश्वमा ४४औं रहेको छ ।

पहिलो पटकमा पुरुष तर्फ १३९ राष्ट्र वरियतामा रहेका छन् । वरियतामा ब्राजिल पहिलो स्थानमा रहेको छ भने पोर्चुगल दोस्रो र स्पेन तेस्रो रहेका छन् । एसियाली राष्ट्र ईरान विश्व वरीयतामा चौथो स्थानमा रहेको छ ।

यस्तै महिला वरियतामा पनि ब्राजिल नै पहिलो रहेको छ भने स्पेन दोस्रो र पोर्चुगल तेस्रो रहेका छन् । एसियाली राष्ट्र मध्य ईरान शीर्ष रहँदै महिला तर्फ आठौ स्थानमा रहेको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.