default_image

2 years ago

July 21, 2022

एन्फा कार्यसमितिको बैठक स्थगित !

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष पंकज विक्रम नेम्बाङले बैठक स्थगित भएको जानकारी गराएको उपाध्यक्ष दीर्घबहादुर केसीले बताए ।

‘हामीले उपस्थितिमा सहि गर्यौं । वरिष्ठ उपाध्यक्षलगायतका साथीहरुले उपस्थितिमा सहि गर्नुभएन । यसै छलफल अघि बढाउन खोजिएको थियो,’ उनले भने,‘उपस्थितिमा सहि नगरि बैठक अघि बढ्न सक्दैन भन्ने भयो । उहाँहरु मान्नुभएन त्यसपछि अध्यक्ष ज्यूले बैठक स्थगित गनुभयाो ।’

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार बिहान ७ः०० बजे बैठक सुरु हुने भनिएपनि झण्डै २ घण्टा पछि मात्र बैठक सुरु भएको थियो । पहिलो बैठकको निर्णय नै विवादमा परेको एन्फाको दोस्रो बैठक बस्न सकेन ।

साउन २ गतेका लागि तय बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ्य भएपछि स्थागित गरिएको थियो । कार्यसमिति बैठकका लागि विविधसहित १८ वटा एण्जेडामा छलफल गर्ने तय थियो । त्यसमा सबैभन्दा चासोको साथ एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्तीलाई लिएर हेरिएको थियो।

विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि त्यसको निर्णय दोस्रो बैठकमा नहुने सम्भावना पनि बढेर गएको छ ।

सहायक महासचिवकै विषयमा छलफल गर्न साउन १ गते निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्षबाट निर्वाचित बाहेक १२ जनाको अनौपचारिक बैठक बसेको खुलेको छ । गौरव थापालाई सिइओमा प्रस्ताव गर्नका लागि नियमावली बाधक देखिएपछि विकल्पमा उनलाई सहायक महासचिव बनाउनका लागि एन्फा अध्यक्ष नेम्बाङमाथि दबाब बढेको छ ।

फिफाबाट १० वर्षको प्रतिबन्धमा रहेका गणेश थापाको समर्थकका रुपमा परिचित एन्फामा निर्विचित पदाधिकारी र सदस्यले थापाका छोरा गौरवलाई जसरी पनि सहायक महासचिवमा नियुक्त गराउन दबाब सृजना गरेको एन्फा पदाधिकारी नै स्वीकार गर्छन् ।

एन्फाले विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष केसी ५ र दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा प्रस्तुत हुँदैछन् । २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ जनाका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.