default_image

2 years ago

July 22, 2022

जर्मनी महिला युरोको सेमिफाइनलमा

305 views

0 Bookmark

एजेन्सी – अष्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले अष्ट्रियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा बिहीबार राति भएको खेलमा जर्मनीको सहज जितमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गरिन् ।

खेलको २५औं मिनेटमा लिना मागुलले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । त्यसपछि खेलको अन्तिम समयमा एलेसान्द्रा पोपले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन् । अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग २७ जुलाईको राति प्रतिस्पर्धा गर्नेछ ।

यसअघि घरेलु टोली इंग्ल्यान्डले बुधबार राति स्पेनलाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । इंग्ल्यान्डले अब स्वीडेन र बेल्जियमबीचको विजेतासँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.