default_image

2 years ago

July 23, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

69 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

अन्तिम समयमा गोल खान पुगेपछि युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । अप्टस स्टेडियम पर्थ अष्ट्रेलियामा शनिबार भएको खेलमा युनाइटेडका लागि जेडान सान्चोले गोल गर्दा एक गोल उपहार पाएको थियो । भिल्लाका लिओन बेली र क्यालम चेम्वर्सले बराबरी गोल फर्काए ।

खेलको २५औं मिनेटमा जेडान सान्चोको गोलबाट शुरुवाती अग्रता लिएको थियो । ४२औं मिनेटमा म्याटी क्यासले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो । तर त्यो अग्रतालाई युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन ।

५०औं मिनेटमा लिओन बेलीले गोल गर्दै भिल्लालाई खेलमा फर्कने संकेत दिए । त्यसपपछि हारतर्फ अग्रसर भिल्लालाई क्यालम चेम्वर्सले गोल गर्दै टोलीलाई हारबाट जोगाउँदा युनाइटेडलाई जितबाट वञ्चित गराए ।

प्रि–सिजनमा युनाइटेडको यो पहिलो बराबरी हो । यसअघि युनाइटेडले लगातार तेस्रो जित निकाल्दा लिभरपुल, मेलवर्न भिक्टोरी र क्रिस्टल प्यालेसलाई हराएको थियो ।

प्रि–सिजनमा भिल्लाको पनि यो पहिलो बराबरी हो । यसअघि भिल्लाले वालसल, लिड्स युनाइटेड र ब्रिसबेन रोअर एफसीलाई हराएको थियो ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.