default_image

2 years ago

July 23, 2022

‘साफको फाइनलमा पुग्ने लक्ष्य छ’ – कप्तान आयुष

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीका कप्तान आयुष घलानले भारतमा यसैसाता आयोजना हुने यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् ।

प्रतियोगितास्थल भारतको भुवनेश्वरमा पुगेर पहिलो दिनको प्रशिक्षण सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कप्तान आयुषले माल्दिभ्ससँग ३ अंक जोड्दै फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताएका हुन् ।

‘माल्दिभ्सविरुद्धको पहिलो खेलमा सकेसम्म ३ अंक जोड्दै उद्देश्य छ । हाम्रो अहिलेको लक्ष्य माल्दिभ्ससँगको खेलमा तीन अंक हासिल गर्नु हो र साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य छ ।’ कप्तान आयुषले भने, ‘युवा टोलीको कप्तान हुन पाउनु मेरो लागि निकै ठुलो अवसर हो । फुटबल हो, प्यासन भएर खेलेको हुँ । कसैको प्रेसर हुँदैन ।

यस्तै कप्तान घलानले टिमको तयारी राम्रो रहेको र टिममा सबै सकरात्मक रहेकाले जित्छौं भनेर जाने, बढी आत्मविश्वासी नभई खेल्ने बताएका छन् । उनले वर्षायाम भएकाले मौसममा काठमाडौं भन्दा खासै फरक नपाएपनि वर्षा नभएको अवस्थामा केही गाह्रो हुन सक्ने भएपनि टोली तयार रहेको थपे ।

तस्विर सौजन्य – एनएसजेएफ

टोलीका सहायक प्रशिक्षक बाल गोपाल साहुखलले डेढ महिनाको प्रहिक्षण गरेर भारत आएको र भुवनेश्वरको पहिलो प्रशिक्षणमा खासै फरक नपरेको बताएका छन् । युथ टिमलाई एक्सपोजर दिने नै हो, सबैमा त्यही नै हो । उमेर समूहमा दक्षिण एसियामा साफमा सबै बराबरीकौ स्थितिको टोली हो ।

गोलकिपिङ प्रशिक्षक उज्वल मानन्धरले टोली तयारी राम्रो रहेको प्रतिक्रिया दिए । उनले टोलीको लक्ष्य साफ जित्ने नै रहेको बताए ।

टोलीको मुख्य प्रशिक्षकमा मेघराममज केसी छन् भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल रहेका छन् । यस्तै गोलकिपिङ प्रशिक्षकमा उज्जल मानन्धर र व्यवस्थापकमा दिवाकर घले छन् ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

नेपाली टोली
गोलरक्षक –
ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख
डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा
मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान
फरवार्ड – रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.