default_image

2 years ago

July 24, 2022

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै फ्रान्स सेमिफाइनलमा

203 views

0 Bookmark

एजेन्सी – साविक विजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले स्तब्ध पार्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

१०२औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी प्रदान गर्दा पेरिसेट चुकिनन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सको तुलनामा बल पोसेसन राख्दै आफ्नो अग्रतालाई जोगाउँदै विजयी हुन सफल भयो ।

योसँगै महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ । अर्काे सेमिफाइनलमा इंग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ । फाइनल ३१ जुलाईमा हुनेछ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.