default_image

2 years ago

July 24, 2022

लेवान्डोस्कीको डेब्यु, बेन्जेमालाई विश्राम

118 views

0 Bookmark

एजेन्सी – अमेरिकाको लास भेगासमा हुन लागेको रियल म्याड्रिड र बार्सिलोना बिचको मैत्रीपूर्ण खेलका लागि दुवै टोलीको सुरुवाती ११ घोषणा भएको छ । खेल नेपाली समयअनुसार विहान ८:४५ बजे सुरु हुनेछ ।

बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको छ । बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा क्लब आएका फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र राफिन्हालाई पहिलो रोजाइमा नै खेलाएको छ । लेवान्डोस्कीको बार्सिलोनाबाट यो डेब्यु खेल पनि हो ।

बार्सिलोनाले गोलरक्षकमा मार्क आन्दर टेर स्टेगन उतारेको छ । डिफेन्सको जिम्मेवारी रोनाल्ड अराउजो, आन्द्रिएस क्रिस्टेन्सन,जोर्डी अल्बा र एरिक गार्सियाले सम्हाल्नेछन् । मिडफिल्डमा सर्जियो बुस्केट्स, पेड्री र गाभी रहनेछन् । आक्रमणमा अन्सु फातीले दुई नयाँ खेलाडीलाई साथ दिनेछन् ।

यता रियल म्याड्रिडले भने बेन्जेमालाई विश्राम दिँदा दुवै नयाँ खेलाडी एन्टोनियो रुडीगर र औरेलिएन चुआमेनीलाई उतारेको छ । रियलको गोलरक्षकमा थिबाउट कोर्टुवा छन् । डिफेन्समा रुडीगर, एडर मिलिसाओ, डेविड अलावा र लुकास भाज्केज छन् । मिडफिल्डमा फेडे भालभर्डे, एदुआर्डो कामाभिंगा र चुआमेनी खेल्नेछन् । आक्रमणमा भिनिसियस जुनियर, इडेन हाजार्ड र रोड्रीगो रहेका छन् ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.