default_image

2 years ago

July 25, 2022

नेयमारको पिएसजीमै बस्ने रहर

124 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य अझै रहस्यमय नै रहेको बताइन्छ । प्रि सिजनका लागि जापानमा रहेको पिसएजीले रेड डायमण्डलाई ३–० ले पराजित गरेपछि नेयमारले भने आफू क्लबमै रहन चाहेको बताएका छन् ।

नेयमारले आफ्नो चाहना क्लबमै रहने बताइरहँदा पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले भने उनको स्थिति प्रष्ट पार्न चाहेनन् । प्रि सिजनको अन्तिम खेलपछि पिएसजका प्रशिक्षक गाल्तिएरले आफूलाई नेयमारका विषयमा जानकारी नभएको बताएका छन् ।

उनले भने ‘मैले पत्रकार सम्मेलनमा पनि यसबारे बोलेको थिएँ । उनका बारेमा अहिले केही भन्न सक्दिन । भविष्यमा के हुन्छ भन्ने अहिले भन्न सकिन्न । त्यसका लागि ट्रान्सफर बजारको अन्त्यसम्म कुर्नुपर्ने हुन्छ । मलाई यो बारेमा थाहा छैन ।’

प्रशिक्षक गाल्तिएरले नेयमारका बारेमा दुविधा रहेको बताए । ‘हामीले भन्यौं उनले छाड्नेछन् । फेरि हामीले भन्यौं उनी बस्नेछन् । उनीसँग यो विषयमा मेरो व्यक्तिगत छलफल भएको छैन,’ गाल्तिएर थपे,‘तर ती सबै विषयले उनको प्रशिक्षणमा केहि फरक परेको छैन । उनी अभ्यासमा रमाइरहेका छन् ।’

नेयमार बस्न चाहन्छन्

बार्सिलोनाका पूर्व स्टार नेयमारले आफू पिएसजीमै रहन चाहेको प्रष्ट पारेका छन् । नेयमारले सरुवाका विषयमा क्लबले आफूसँग कुनै चर्चा नगरेको पनि बताएका छन् ।

‘म अझै यहि बस्न चाहन्छु । यो विषयमा क्लबले मलाई केहि भनेको छैन । मेरो विषयमा क्लबको के योजना छ त्यो थाहा छैन’, उनले भने । त्यसअर्थ पनि नेयमारको सरुवा सम्भावना भने अझै रहेको अनुमान गरिएको छ । प्रशिक्षकले प्रष्ट रुमा उनलाई नचाहनुले नेयमारलाई अन्य टोलीले चाहेको अवस्थामा जान सक्नेछन् ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.