default_image

2 years ago

July 24, 2022

यू २० साफ च्याम्पियनसिप जित्नेमा केसी आशावादी

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले साफ यू २० च्याम्पियनसिप जित्नेमा आशावादी रहेका दोहोराएका छन् । भारतको भुवनेश्वरमा सोमबार सुरु हुने च्याम्पियनसिपको प्रि म्याच कन्फ्रेन्समा बोल्दै केसीले टोलीका तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए हुन् ।

झण्डै दुई महिनायता युवा टोलीले च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । कोरोना महामारीका कारण पछिल्लो २ वर्ष देखी उमेर समुहको प्रतियोगिता हुन नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस पटक खेलाडीको खुला छनो गरेको थियो ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका प्रतियोगिता खासै भएको छैन,’ प्रशिक्षक केसीले भने,‘अन्य टोलीमा पनि स्वभाविक रुपमा परिवर्तन भएको होला । त्यसकारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं ।’

टोलीका कप्तान आयुष घलानले च्याम्पियनसिपका लागि टोली तयार रहेको बताए । च्याम्पियनसिपका लागि प्रशिक्षण राम्रो भएको उल्लेख गर्दै पहिलो खेलमै ३ अंक जोड्न प्रयास गर्ने बताएका छन् । नेपालले सोमबार माल्दिभ्सविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । कालिंगा रंगशालामा खेल दिउँसो नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुने छ ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको खेल्न कठिन हुने अनुमान गरे । यद्दपी टोलीका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।
यसअघि यू १९ र १८ को नाममा हुँदै आएको च्याम्पियसिप यसपटक यू २० को हुँदैछ । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो । साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्र्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

नेपाली यू २० टोली

गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख

रक्षक – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा

मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड – दीपेश राई, निराजन मल्ल, रोशन खड्गी

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.