default_image

2 years ago

July 25, 2022

अली चम्कदा एभर्टनको जित

131 views

0 Bookmark

एजेन्सी – इंग्लिस मिडफिल्डर डेल अलीले दोस्रो हाफमा दुई गोल गरेपछि एभर्टनले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकालेको छ ।

एभर्टनले च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । एभर्टनको जितमा अलीले दुई तथा भिटाली माइकोलेन्को र टोम डाभिसले गोल गरे । ब्ल्याकपुलका गारे माडिन र क्यालुम कोन्नोलीले गोल फर्काए ।

ब्ल्याकपुलमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा भिटाली माइकोलेन्कोको गोलबाट शुरुवाती अग्रता लिएको थियो । १०औं मिनेटमा टोम डाभिसले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा गारे माडिनले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो । ४७औं मिनेटमा डेल अलीले गोल गर्दै एभर्टनलाई ३–१ ले अघि बढाए । ५०औं मिनेटमा क्यालुम कोन्नोलीले गोल गर्दै ब्ल्याकपुललाई ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि ६४औं मिनेटमा डेल अलीले गोल गर्दै टोलीलाई जित दिलाए । प्रि–सिजनमा एभर्टनको यो पहिलो जित हो । यसअघि एभर्टनले आर्सनल र मिनेसोटासँग हार बेहोरेको थियो ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.