default_image

3 years ago

August 3, 2022

लिभरपुलमा जोटाको सम्झौता नविकरण

256 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो । अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहनेछन् । जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए ।

लिभरपुलमा दुई सिजन बिताउँदा जोटाले ८५ खेलमा ३४ गोल गरिसकेका छन् । उनले गत सिजन ५५ खेलमा २१ गेल गरेका थिए । लिभरपुलले गत सिजन एफए कप र इएफएल कप जित्दा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपवविजेता रहँदा जोटा टोलीका सदस्य थिए ।

‘यो स्पष्ट रूपमा क्लबको दृष्टिकोणबाट एक खेलाडीको रूपमा आफूमाथिको विश्वासको प्रमाण हो ।’ जोटाले भने, ‘दुई वर्षअघि आएकोले मैले आफूलाई यस टोलीमा महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गरें, म सुरुदेखि नै यही चाहन्छु ।’ ह्यामस्ट्रिङ चोटका कारण प्रि–सिजन गुमाएका जोटा अझै केही साता मैदान बाहिर रहने क्लबले जनाएको छ । उनले लिभरपुल यो सिजन पनि हरेक उपाधिका लागि लड्ने र टोली योग्य रहेको बताएका छन् ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले विंगमा खेल्न सक्ने फरवार्डको रुपमा जोटाले हामीलाई धेरै विकल्पहरू दिएको र क्लबमा आएदेखि उसले धेरै सुधार गरेको बताए । ‘मैले पहिले नै भनेको छु कि डिएगो त्यो खेलाडी हो जुन हामीले आशा गरेका थियौं कि उनी अलि राम्रो हुनेछन्, त्यसैले यो लामो समयसम्म जारी रहोस् ।’

गत महिना, साडियो मानेले क्लब छाड्दै जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गरेपछि उनको सहयात्री मोहम्मद सलाहले नयाँ तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । पोर्चुगलका लागि २७ क्याप जितेका जोटाले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.