default_image

2 years ago

August 3, 2022

यू–१७ का लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेका छन् ।

गत मंगलबारदेखि शुरु भएको खुल्ला छनोटमार्फत एन्फाले बुधबार प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको हो ।छनोटमा देशैभरबाट करिव ७०० भन्दा बढी युवा खेलाीको सहभागिता रहेको थियो ।

पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ । यू–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहेका छन् ।

नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौं २० देखि भदौं २९ सम्म हुने यू–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।

प्रारम्भिक चरणमा छानिएका नेपाली यूवा टोली
अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, अशिम खड्का, आशिष थारु, अशोक स्याङतान, आश्विन घोरासैनी, विजय गुरुङ, बिक्रम तामाङ, विशाल भट्टराई, दिपजन श्रेष्ठ, धन सिंह विक, धिरज विक, दिनेश थापा मगर, दिवस विष्ट, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कमल बहादुर थापा मगर, खेमराज सुनुवार, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मनित गुरुङ, मार्सल शाही, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नविन परियार, नेल्सन तामाङ, निरज कार्की, निराजन धामी, निर्देश राई, निशान्त तामाङ, ओम अधिकारी, पाल्देन गुरुङ, पर्वत तामाङ, पवन दाहाल, प्रजय गुरुङ, प्रशान्त लक्षम, रविन तामाङ, राजन प्रधान, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, समिर तामाङ, सन्देश न्यौपाने, सन्दिप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्वा, सुजत डंगोल, सुशिल तामाङ र युनिस मगर

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.