default_image

2 years ago

August 5, 2022

सावित्रा भोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक फुटबल खेल्नका लागि राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत जाने भएकी छिन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप […]

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक फुटबल खेल्नका लागि राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत जाने भएकी छिन् ।

सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यवसायिक फुटबल खेल्ने भएकी हुन् ।

दुई वर्षअघि सावित्राकै महत्वपूर्ण भुमिकाबाट प्रेरित गोलकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । त्यतिबेला प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् ।
सावित्राले लिगका सबै खेलमा गोल गरेकी थिइन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।

सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् ।

गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहेकी थिइन् । २०७७ फागुनमा घुँडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहिन् । कतार पुगेर उपचार गरेर असोजमा स्वदेश फर्केयता उनी पुनः मैदानमा सक्रिय भएकी छिन् । उनी सम्मिलित एपिएफ महिला लिगको पहिलो चरणमा शीर्षस्थानमा रहेको छ ।

सफल पुनरागमन गरेकी सावित्रा भारतमा खेल्नका लागि उत्साहित छिन् । ‘गोकुलमले गत सिजन पनि खेल्नुपर्छ भनेको थियो,’ उनले भनिन्, ‘तर चोटका कारण सम्भव भएन । फेरि एकपटक क्लबले मलाई विश्वास गरेको छ । म आफ्नोतर्फबाट पहिलाकै जस्तो प्रदर्शनको पूरा प्रयास गर्नेछु ।’

राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले सावित्राका लागि व्यक्तिगत रुपमा यो राम्रो अवसर भएपनि राष्ट्रिय टोलीले उनलाई मिस गर्ने बताए । ‘सावित्राले व्यावसायिक सम्झौता गरेकी हुन् । उनको लागि व्यक्तिगत रुपमा राम्रो अवसर हो । यसअघि पनि उनले भारतमा आफूलाई प्रमाणित गरिसकेकी छिन्,’ थापाले भने, ‘हामी साफ च्याम्पियनसिपको तयारीमा रहँदा उनी टोलीमा हुने छैनन् । उनी फर्कंदा हामीसँग १० दिन बाँकी हुन्छ । त्यो समयमा उनी टोलीसँग जोडिएर तयारी हुनेछ । उनी नहुँदा अन्य खेलाडी पनि टोलीमा छन् । प्रशिक्षणमा मिहिनेत गरिरहेका छौं ।’

सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन् । उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका छन् । सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने कार्यक्रम छ ।

पूर्व क्षेत्रको समूहमा तीन टोली रहेका छन् । आयोजक थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, म्यानमारको आइएसपीई डब्लुएफसी र ताइपेइको ताइचुङ ब्लु व्हेल एफसीले अगस्ट १५ देखि २१ सम्म खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोलीले अक्टोबर २२ मा हुने फाइनल खेल्नेछन् ।

एएफसीले सन् २०२४ देखि एएफसी वुमन्स च्याम्पियन्स लिग सुरुवात गर्ने तयारी गरिरहेको छ । यसअघि सन् २०१९ मा जापानको निपोन बेलेजा तथा सन् २०२१ मा जोर्डनको अम्मान क्लबले उपाधि जितेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.