default_image

2 years ago

August 15, 2022

टोलीसँगै आफूलाई प्रमाणित गर्ने उर्जनको लक्ष्य

95 views

0 Bookmark

उत्सव शाक्य, काठमाडौं

प्रशिक्षक उर्जन श्रेष्ठले खेलाडी जीवनमा पूर्णविराम लगाएर प्रशिक्षण थालेको दशक पूरा भइसकेको छ । तर यसबीचमा उनले प्रशिक्षकका रुपमा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । त्यसो त उनले अवसर प्राप्त गर्न नै पनि लामो प्रतिक्षा गर्नुपर्यो । प्रशिक्षणमा ब्रिगेड ब्वाइज हुँदै थ्री स्टार पुगेका श्रेष्ठले गत महिना यू-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए ।

श्रेष्ठको नियुक्तिलाई लिएर फुटबल वृतमा नकारात्मक टिका टिप्पणी भयो । हुन पनि उनको नियुक्तिलाई लिएर प्रश्न गर्नु जायज पनि थियो । उनीभन्दा अनुभवी र दक्ष प्रशिक्षक हुँदाहुँदै एन्फाले उनलाई जिम्मेवारी सुम्पनु विवादरहित थिएन । श्रेष्ठ आफैं पनि केहि दबाबका बीच पाएको यस अवसर सदुपयोग गर्न लागिरहेका छन् ।

नियुक्ति भएलगत्तै एन्फाले खुला छनोट मार्फत टोली निर्माण गर्ने सूचना सार्वजनिक गर्यो । देशभरका करिब १ हजार ७ सय खेलाडीबाट प्राविधिक समितिको सहयोगमा ३० खेलाडी छनोट गर्दै टोली हाल एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षण व्यस्त छ ।एन्फाले टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठसँगै सहायकमा अनिल लामा र गोलरक्षक प्रशिक्षकको प्रविण श्रेष्ठलाई नियुक्त गरेको छ । टोलीमा आरज्ञ खड्कालाई फिजियो रहनेछन् ।

खेलाडीका रुपमा श्रेष्ठले ए डिभिजनका थ्री स्टार, मनाङ मर्स्याङ्दी जस्ता प्रख्यात क्लबबाट खेल्दै ३ पल्ट घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका छन् । खेलाडीका रुपमा सफल करिअर व्यतित गरेका उनी प्रशिक्षणमा भने त्यसअनुसार जम्न सकेका छैनन् ।

सन् २०१८ मा ब्रिगेड ब्वाइज क्लबबाट ललित स्मृति यू-१८ र सन् २०२१ मा चौथो बागमती गोल्ड कपको उपाधि जित्नु उनको दुई सफलता हुन् । गोल्डकपको उपाधि जितेकै आधारमा थ्री स्टारले उनलाई ए डिभिजन लिगका लागि समेत जिम्मेवारी सुम्पेको थियो । तर उनको नेतृत्वमा क्लबको प्रदर्शन बिर्सनलायक रह्यो ।

थ्री स्टार लिगको छैटौं स्थानमा रहँदा क्लबको प्रदर्शन इतिहासकै कमजोरमा गनियो । उता क्लब छाडेर बाहिरिएका मेघराज केसीले छिमेकको सातदोबाटोलाई पहिलो सिजनमै अप्रत्याशित नतिजा दिलाए । थ्री स्टार सातदोबाटोसँग नै पराजित समेत हुन पुगेको थियो । एक समय त खराब नतिजाका कारण थ्री स्टारभित्र श्रेष्ठलाई बर्खास्त नै गर्ने समेत चर्चा चलेको थियो । तर क्लबले यसअघि पाटने क्लबमा काम गरिसकेका रविन्द्र शिलाकरलाई सहायक प्रशिक्षकमा ल्याएपछि क्लब क्रमश: अंक तालिकामा उकालो लाग्यो ।

क्लबको कमजोर प्रदर्शनका बाबजुद उमेर समूहको राष्ट्रिय टोलीमा जिम्मेवारी पाएका श्रेष्ठका लागि आफूलाई प्रमाणित गर्न धेरै समय पनि छैन । खुला छनोट पश्चात बन्द प्रशिक्षणमा व्यस्त रहेका श्रेष्ठले टोलीको तयारी राम्रो रहेको बताए । ‘तयारी एकदम राम्रो हुँदैछ । सबैजनाले आफ्नो तर्फ बाट सक्दो मिहिनेत गर्दैछौं,’ श्रेष्ठले भने ।

‘तयारी गर्न छोटो समय मात्र छ, त्यसैले अलि धेरै मिहिनेत गरिरहेका छौं । अहिले फिटनेस पक्षमा अलि बढी ध्यान दिएका छौं । देशभरबाट आएका खेलाडी एक ठाउँमा रहेर खेल्न प्रयासरत छन्,’ उनले थपे ।

यू-१७ टोलीमा बी र सी डिभिजन लिगको अनुभव लिइसकेको खेलाडी पनि छन् । बी डिभिजन लिगमा चर्च ब्वाइज यूनाइटेडलाई विजेता बनाउन मुख्य भूमिका खेलेका प्रशान्त लक्षम लगायत अनुभवी खेलाडीहरू प्रारम्भिक टोलीमा सामेल छन् । ‘बी र सी डिभिजन लिगको अनुभव लिइसकेका खेलाडीहरूको अनुभवले टोलीलाई थप सहयोग पुर्याउँछ भन्नेमा म विश्वस्त छु,’ श्रेष्ठले जनाए ।

अर्को महिना श्रीलंका आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा टोलीबाट सुखद नतिजा आशा गर्न सकिने उनको बुझाइ छ । ‘खेलाडीहरुको स्तरलाई आधार मान्ने हो भने यो टोलीबाट धेरै आशा गर्न सकिन्छ । तयारी केही छोटो भएकोले काम भने धेरै गर्नुपर्ने छ । भएको समयलाई नै सदुपयोग गर्दै हामी सक्दो मिहिनेत गर्दैछौं,’ श्रेष्ठले सुनाए ।

श्रेष्ठले ए डिभिजन लिगमा थ्री स्टारको प्रदर्शनका कारण केही दबाब भएपनि यसलाई प्रमाणित गर्ने अवसरको रुपमा लिएका छन् । ‘दबाब धेरै छ । तर दबाबलाई ध्यान नदिएर काम गर्दैछु । आफुलाई प्रमाणित गर्ने दोस्रो मौका पाएको छु, यसलाई सहि सदुपयोग गर्छु । लिगमा पनि प्रयास त गरेको हो तर सन्तोषजनक नतिजा दिन सकिएन । जे होस् शीर्ष ६ मा आइयो । अब यो युवा टोलीमा राम्रो नतिजा ल्याउने प्रयास गर्ने छु । आलोचनालाई गलत प्रमाणित गर्नेछु । राम्रो गर्न खोज्ने हो, राम्रो नै हुन्छ होला,’ उनले टुंग्याए ।

नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि २९ सम्म हुने यू–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् । नेपालले त्यसपछि एएफसी यू-१७ एसियाली छनोट पनि खेल्नेछ ।

टोलीको तेस्रो चरण छनोटमा रहेका ३० खेलाडी :

मुकेश घर्ती, रुविन बोगटी, कृशल मोक्तान, सिमन्ता थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लक्षु थापा, प्रशान्त लक्षम, निरोज कार्की, समिर तामाङ, धन सिंह विक, दीपक थापामगर, मानदेव पोखरेल, कुशल देउवा, मिराक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज विके, सोहन स्याङ्तान, निराजन धामी, सरोज दलार्मी र समिर चन्द ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.