3 years ago
August 20, 2022
एजेन्सी– स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो ।
३० वर्षीय क्यासमिरोको लागि तीनै पक्ष (क्यासमिरो, म्यानचेस्टर र रियल) बीच आपसी समझदारी भइसकेको छ । रियल म्याड्रिडले क्यासमिरो क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरेको छ । म्यानचेस्टर युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्ने छ ।
यससँगै क्यासमिरो रियलका पुर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र राफयल भरानेसँग पुनर्मिलन हुनेछ । रोनाल्डो र भरान गत सिजन नै युनाइटेड पुगेका थिए ।
विश्व स्तरीय क्यासमिरो रियलको महत्वपूर्ण सदस्यमा पर्छन् । क्लबप्रतिको उनको इमान्दारिता र प्रतिवद्धताको निकै चर्चा हुने गर्छ । उनको प्रदर्शन पनि एक रुपको रहने गर्दा उनको क्षमतामाथि कसैलाई शंका छैन ।
प्रशिक्षक कार्लो एन्सेलोटीले मन पराउने खेलाडी मध्ये पनि उनी पर्छन् । रियलमा टोनी क्रुस, लुका मोड्रिचको बर्मुडा ट्रिओ निकै जम्दा रियलले दर्जन बढी उपाधि जितेका छन् । अब यो टुटेको छ ।
सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा रहेका क्यासमिरोको सम्झौता सन् २०२५ सम्म रहेको छ । उनले चाहने हो भने रियलमा बसाई लम्ब्याउन सक्छ । रियलमा अनुबन्ध भएकै वर्ष उनले रियलको ‘बी’ टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए ।
तर, अर्काे सिजन अर्था २०१४–१५ मा उनी लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । त्यसपछि उनी निरन्तर रियलको पहिलो रोजाईमा खेलिरहेका छन् । रियलबाट उनले रियलबाट ८ सिजन खेल्दा ३३६ खेलमा ३१ गोल गरेका छन् ।
२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन् । उनले रियलबाट ३ ला लिगा र ५ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप, ३ स्पेनिस सुपर कोपा र ३ फिफा क्लब विश्वकप जितेका छन् ।
उनले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन् । उनी यस वर्षको बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]