default_image

2 years ago

August 20, 2022

रोनाल्डोको बचाउमा उत्रिए प्रशिक्षक टेन हाग

102 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुरुवाती दुवै खेल हार्दै बिर्सनलायक सुरुवात गरेको छ । पछिल्लो हारपछि त टोलीबारे निकै प्रश्न पनि उठे । यसबीचमा टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो भने आलोचनाको केन्द्रमा रहेका छन् ।

प्रि-सिजनमा उपस्थित नहुनु र पटक पटक उनको नाम युरोपको अन्य क्लबसँग जोडिनुले पनि रोनाल्डो चर्चामा छन् । त्यसो त सुरुवाती दुवै खेलमा उनको प्रदर्शन खराब रहेको छ । तर प्रशिक्षक एरिक टेन हाग भने रोनाल्डो एक्लैलाई यसको दोष थोपर्न नहुने बताउँछन् । टेन हागले नतिजाको जिम्मेवारी टोलीको हुने र रोनाल्डो अझैपनि आफ्नो योजनामा रहेको बताए ।

‘मलाई थाहा छैन शनिबारको खेलपछि रोनाल्डोलाई लक्षित किन गरिएको छ । त्यो हारको कारण टोलीको प्रदर्शन थियो । पूरा टोली यसको जिम्मेवार छ, रोनाल्डो सहित । अहिलेलाई म रोनाल्डो हाम्रो योजनामा छन् भनेर पुष्टि गर्न सक्छु ।’

म्यानचेस्टर युनाइटेडले सन् १९२१ यता पहिलो पटक लिगको सुरुवाती दुई खेलमा हार बेहोरेको छ । र टोलीले अब सोमबार हुने खेलमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्दैछ । टेन हागले उक्त खेल जसरि पनि जित्नुपर्ने अवस्था रहेको बताए ।

‘ मलाई दुई क्लबबीच इतिहासबारे थाहा छ । हामीले अब हरेक खेल जित्नुपर्छ । विशेषगरी यो खेल त जित्नैपर्छ । यो मैले राम्रोसँग बुझेको छु ।’

टेन हागले पछिल्लो दुई खेलमा हार बेहोरेपनि टोलीको सिद्धान्त र योजना परिवर्तन नहुने बताए । ‘हरेक खेल फरक हुन्छ । तर हाम्रो खेल्ने सिद्धान्त र योजना त्यस्तै रहन्छ । पछिल्लो खेलबाट हामीले के ठिक छ र के सुधार्नुपर्छ थाहा पाएका छौं । पक्कैपनि धेरै कुरा गलत भएको थियो । यदि तपाईं त्यो बुझ्न सक्नुहुन्छ भने धेरै बोल्न पर्दैन ।’

लिभरपुल र युनाइटेडबीचको खेल सोमबार राती हुनेछ । खेल नेपाली समयअनुसार मंगलबार विहान १२:४५ बजे (सोमबार मध्यरात) मा हुनेछ । यस खेलका लागि लिभरपुलका फरवार्ड डार्विन न्युनेज रातो कार्डका कारण अनुपस्थित रहनेछन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.