default_image

3 years ago

August 20, 2022

डर्टमुन्ड स्तब्ध

207 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा वेडर ब्रेमेनसँग घरेलु मैदानर्म स्तब्ध बनेको छ ।

अन्तिम समयमा तीन गोल खाएपछि डर्टमुन्ड घरेलु मैदानमा वेडर ब्रेमेनसँग ३–२ ले स्तब्ध बनेको हो । डर्टमुन्डलाई स्तब्ध पार्न ब्रेमेनका लि बुचानान, निक्लस स्मिड र ओलिभर बुर्कीले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र राफयल गुरेइरोको गोल सान्त्वना बन्यो ।

सिग्नल इडुना पार्क डर्टमुन्डमा शनिबार राति भएको खेलको पहिलो हाफको अन्त्यतिर जुलियनको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिएको थियो । उनले कप्तान मार्काे रिउसको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा राफयल गुरेइरोले गोल गरेपछि डर्टमुन्ड सहज जिततर्फ अग्रसर बनेको थियो । तर, डर्टमुन्ड अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो हार बेहोर्न बाध्य बन्यो ।

८९औं मिनेटमा लि बुचानानले गोल गर्दै ब्रेमेनलाई खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा निक्लस स्मिडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ओलिभर बुर्कीले गोल गर्दै डर्टमुन्डलाई घरमै स्तब्ध पार्दै ३ अंक जोड्न सफल भयो ।

डर्टमुन्डको यो तेस्रो खेलमा पहिलो हार हो । यसअसघ डर्टमुन्डले सुरुवाती दुई खेलमा जित निकालेको थियो । डर्टमुन्डको ३ खेलबाट ६ अंक छ । डर्टमुन्डलाई हराएर अपराजित रहेको ब्रेमेनको ३ खेलबाट ५ अंक छ । ब्रेमेनले सुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.