3 years ago
August 21, 2022
एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो ।

मिलानो इटालीमा शनिबार राति भएको खेलमा इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिन सफल भयो । उनले रोमेलु लुकाकुको पासलाई सदुपयोग गरे । ५२औं मिनेटमा हकानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।
त्यसपछि ८२औं मिनेटमा जोआकिन कोरेआले इडेन जेकोको पासमा गोल गर्दै टोलीको जित पक्का गरे । लगातार दोस्रो जितसँगै इन्टर ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेजिया ३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
यस्तै टोरिनो र लाजियो तथा उडिनेस र सालेरनिटानाले गोलरहित बराबरी खेल्दा सस्सुलोले लिसलाई १–० ले पराजित गरेको छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]