default_image

2 years ago

August 21, 2022

आन्दोलनको तयारीमा युनाइटेड समर्थक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका समर्थकले सोमबार हुने लिभरपुलविरुद्धको खेलअघि आन्दोलनको तयारी गरिरहेका छन् । क्लबका मालिक ग्लेजर परिवारविरुद्ध ठूलो संख्यामा युनाइटेड समर्थकले विरोध प्रस्तुत गर्ने बुझिएको छ । सन् २०२१ मेमा पनि युनाइटेडका समर्थकले क्लबका मालिकविरुद्ध गरेको विरोध प्रदर्शनका कारण खेल स्थगित हुन पुगेको थियो । दुई प्रहरी घाइते भएको उक्त प्रदर्शनका कारण खेल संचालन […]

109 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका समर्थकले सोमबार हुने लिभरपुलविरुद्धको खेलअघि आन्दोलनको तयारी गरिरहेका छन् । क्लबका मालिक ग्लेजर परिवारविरुद्ध ठूलो संख्यामा युनाइटेड समर्थकले विरोध प्रस्तुत गर्ने बुझिएको छ ।

सन् २०२१ मेमा पनि युनाइटेडका समर्थकले क्लबका मालिकविरुद्ध गरेको विरोध प्रदर्शनका कारण खेल स्थगित हुन पुगेको थियो । दुई प्रहरी घाइते भएको उक्त प्रदर्शनका कारण खेल संचालन हुन सकेको थिएन । केही समर्थक मैदानभित्र नै प्रवेश गरेपछि कोरोना संक्रमणको डरले समेत खेल अघि बढेको थिएन ।

सोमबारको खेलअघि पनि युनाइटेडका समर्थकले ठूलो विरोध कार्यक्रम गर्ने बुझिएको छ । लामो समयदेखि युनाइटेड समर्थकले क्लबका मालिकविरुद्ध प्रदर्शन गर्दै आएका छन् । क्लबलाई फुटबल नभएर व्यापारका लागि प्रयोग गरेको समर्थकहरुको आरोप रहँदै आएको छ ।

क्लबका समर्थकले ग्लेजर परिवारको विरोधमा पहेंलो र हरियो रंग प्रयोग गर्दै आएका छन् । क्लबको स्थापना हुँदा ‘न्युटन हिथ’ नाम रहेको थियो र त्यसबेला क्लबले पहेंलो र हरियो रंग प्रयोग गर्थ्यो । आधुनिक फुटबलमा ग्लेजर परिवारले क्लबको पहिचान जोगाउन नसकेको भन्दै समर्थकहरु विरोध गर्दै आइरहेका छन् ।

खेलअघि क्लबका प्रशिक्षक एरिक टेन हागले भने मालिकहरु सधैं टोलीलाई जिताउन लागिरहेको बताए । ‘म यहि भन सक्छु कि मालिकले जित्न चाहन्छन् । र समर्थक, हामी सधैं क्लबकै साथमा रहेको हेर्न चाहन्छौं । अहिले हामी एकतृत भएर बढ्नुपर्ने समय हो ।’

सोमबार युनाइटेड र लिभरपुल दुवै सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् । लिभरपुलले सुरुवाती दुवै खेल बराबरी गर्दा युनाइटेडले अंक जोड्न सकेको छैन । पहिलो खेलमा ब्राइटनसँग पराजित युनाइटेड दोस्रो खेलमा ब्रेन्टफर्डसँग स्तब्ध भएको थियो ।

यता लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने समर्थकका कारण खेल संचालन हुन नसके आफ्नो टोलीलाई विजयी घोषित गर्नुपर्ने बताए । ‘खेल हुन सकेन भने ? हामी बस चढेर घर जानेछौं । म चाहन्छु खेल स्थगित नहोस, तर यदि भइहाले हामीले अंक पाउनुपर्छ ।’

‘त्यो स्थितिका लागि हामी जिम्मेवार छैनौं । यदि समर्थक खेल भएको चाहदैनन् भने खेल स्थगित गरेर निकै व्यस्त सिजनमा फेरी खेल्न सकिदैन । यदि खेल हुन नसकेको अवस्थामा सधैं पाहुना टोलीले अंक पाउनुपर्छ ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.