default_image

3 years ago

August 21, 2022

डर्टमुन्डका सिइओले गरे रोनाल्डोको प्रशंसा

278 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका सिइओ हान्स-जोकिम वाट्जकेले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका महान खेलाडी मध्यका एक रहेको बताएका छन् ।

जर्मन मिडियाले रोनाल्डोको बोरुसिया डर्टमुन्ड आउने सम्भावनाबारे सोध्दा वाट्जके रोनाल्डोको तारिफ गरेका हुन् । ‘क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमुन्ड ? यो निकै राम्रो सुनिन्छ । रोनाल्डो विश्व फुटबलका महान् खेलाडीमा पर्छन्,’ उनले भने, ‘तर दुखको कुरा यो हो की उनी यहाँ आउने छैनन् । हालसम्म हामीले कुनै किसिमको छलफल गरेका छैनौं र यो ट्रान्सफर हुँदैन ।’

रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग खेल्ने इच्छा जाहेर गरेसँगै डर्टमुन्डको नाम पनि रोनाल्डोसँग जोडिएको हो । युनाइटेड गत सिजन लिगमा छैटौं भएपछि युरोपा लिगमा खुम्चिएको थियो । यता डर्टमुन्ड पनि यसै सिजन अनुबन्ध भएका फरवार्ड सबास्टियन हालरको अनुपस्थितिपछि नयाँ फरवार्ड भित्र्याउन चाहन्छ । आयाक्सबाट आएका हालर क्यान्सर देखिएपछि मैदानबाहिर छन् । उनको उपचार भइरहेको छ ।

डर्टमुन्डका प्रशिक्षक एडिन तेर्जिचले पनि रोनाल्डो आउने चर्चा हल्ला मात्र भएको बताएका छन् । ‘रोनाल्डो आउने हल्ला मात्र हो । क्लबका सिइओले पनि प्रष्ट पारेका छन् र म थप बोल्न चाहन्न,’ उनले भने, ‘रोनाल्डो मैले खेलेको देखेका उत्कृष्ट फुटबलर हुन् ।’

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.