3 years ago
August 21, 2022
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो ।

लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले गोलरक्षक मेन्डीले छलाउन खोजेको बललाई खोस्दै गोल गरेका थिए ।
३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे । उनले ज्याक ह्यारीसनको फ्रिकिकमा हेडरमार्फत गोल गरेका थिए । ६९औं मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा गोल गर्दै चेल्सीलाई स्तब्ध पारे । काउन्टर अट्याकमा ड्यान जेम्सले उत्कृष्ट मुभ बनाएपछि लिड्सको गोल सम्भव भएको थियो ।
८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
पछिल्लो ६ भेटमा लिड्सले चेल्सीलाई हराउन सफल भएको हो । यसअघि लिड्सले चेल्सीलाई हराउन सकेको थिएन । यसअघि चेल्सीले चार खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो ।
जितसँगै लिड्सको ३ खेलबाट ७ अंक पुगेको छ । अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकालेको छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]