default_image

2 years ago

August 22, 2022

बायर्न ७–० ले विजयी

125 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले लगातार तेस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।घरेलु टोली भिएफएल बोचुमलाई ७–० ले पराजित गर्दै बायर्नले नयाँ सिजनमा लगातार तेस्रो जित निकालेको हो ।

बायर्नको फराकिलो जितमा साडियो मानेले दुई तथा लिरोए साने, म्याथिज डि लेग्ट, किङ्सले कोमान र सर्ज जिनाब्रीले गोल गर्दा एक गोल उपहार पाएको थियो । एक गोल उपहार पाएको थियो । गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा चार तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

आइतबार राति भएको खेलको चौथो मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले गोलको खाता खोल्यो । २५औं मिनेटमा डि लेग्टले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ४०औं मिनेटमा साडियो मानेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । तर त्यसको दुई मिनेटपछि मानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए ।

६०औं मिनेटमा साडियो मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ६९औै मिनेटमा क्रिष्टियन गाम्बोआले आत्मघाती गोल गरेपछि बायर्न खेलमा ६–० ले अघि बढ्यो । ७६औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

बलियो बायर्नविरुद्ध बोचुमले कुनैपनि समय खुलेर खेल्न सकेन । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोचुम अंकविहीन हुँदै पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.