default_image

2 years ago

August 25, 2022

सिटी र चेल्सी तेस्रो चरणमै भिड्ने

146 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत सिजन काराबाओ कपको उपविजेता चेल्सीसँग तेस्रो चरणको खेलमा इतिहाद स्टेडियममा खेल्नेछ ।

नटिङघम फरेस्टले टोटेनहम र म्यानचेस्टर युनाइटेले एस्टन भिल्लासँग खेल्नेछ । साविक विजेता लिभरपुलले लिग वान क्लब डर्बी काउन्टीसँग घरेलु मैदानमा खेल्नेछ ।

न्युपोर्ट काउन्टीले लेस्टर सिटीसँग तथा गिलिङघमले ब्रेन्टफोर्डको सामना गर्नेछ । प्रिमियर लिग लिडर आर्सनलले ब्राइटन, वल्भ्सले लिड्स, न्यूक्यासलले क्रिस्टल प्यालेस र बोर्नेमाउथले एभर्टनसँग खेल्नेछ ।

तेस्रो चरणको खेल नोभेम्बर ८ देखि १० सम्म हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.