default_image

2 years ago

August 27, 2022

ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेडको जित

46 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।

सुरुवाती दुई खेलमा हार भोगेको युनाइटेडले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा शनिबार राति साउथह्याम्टनलाई १–० ले पराजित गरेको हो । यसअघि युनाइटेडले लिभरपुललाई २–१ ले हराएको थियो ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा युनाइटेडले घरेलु टोली साउथह्याम्टनलाई दबाबमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५५औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनले डिएगो डालोटको पासमा गोल गर्न सफल भएका थिए ।

प्रशिक्षक एरिक टेन ह्यागले पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुनः दोस्रो हाफमा मौका दिएका थिए । तर उनले गोल भने गर्न सकेनन् ।

यही खेलमार्फत ब्राजिली मिडफिल्डर क्यासमिरोले युनाइटेडका लागि डेब्यु गरे । उनी ८०औं मिनेटमा एन्थोनी इलांगाको स्थानमा मैदान छिरेका थिए । क्यासमिरो यसै साता ७० मिलियन युरोमा स्पेनिस क्लब रियल म्याड्रिडबाट युनाइटेड पुगेका थिए । यो जितसँगै युनाइटेडको ४ खेलबाट ६ अंक पुगेको छ । पराजित साउथह्याम्टनको ४ खेलबाट ४ अंक नै छ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.