default_image

2 years ago

August 28, 2022

साफ यू १७ खेल्ने टोलीको घोषणा

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपका लागि २४ सदस्यीय टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको आइतबार अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाललको यसै वर्ष एएफसी यू १७ एसिया कप छनोट पनि खेल्नेछ । ३० खेलाडीबाट श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका हुन् ।

पहिलो चरणमा ६० खेलाडी छनोट गरेका उनले चौथो चरणमा अन्तिम नामावली टुंगाएका हुन् । भदौ २० देखि भदौ २९ गते सम्म हुने च्याम्पिनसिपमा नेपाल समूह ‘बी’ मा भारत र भुटानसँग रहेको छ ।

नेपाली यू १७ टोली

गोलकिपर – कृष्ण मोक्तान, समिर चन्द, रुविन बोगटी

रक्षक – आश्विन घोरासाइने, सेमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रनित कार्की, धिरज विश्वकर्मा

मिफिल्डर – प्रशान्त लक्षम, मिरक लिङदेन, सरोज दलार्म, हरिशराज भट्ट, लक्षु थापा

फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.