default_image

2 years ago

August 29, 2022

नेयमारको गोलमा पिएसजी हारबाट जोगियो

112 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ ।

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो । मोनाकोका केभिन भोलान्डले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको २०औं मिनेटमा केभिन भोलान्डको गोलबाट पिएसजी खेलमा पछि परेको थियो ।

उनले एलेक्सान्डर गोलोभिनको पासमा प्रेसनेल किमपेम्वे र मार्किन्हसलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । पहिलो हाफको अन्त्यतिर लियोनेल मेस्सीको प्रहार गोलरक्षकले बचाउँदा रिवाउन्डमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कदा पिएसजी बराबरीबाट चुक्यो ।

एक गोलले पछि परेको पिएसजीले त्यसपछि मोनाकोमाथि लगातार दवाव सिर्जना गर्दै ६७ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि पेनाल्टीको साहरा लिनु परेको थियो । टोली लगातार फिनिसिङमा चुकिरहेको थियो । खेलाडी उत्पादनमा बलियो मानिने मोनाकोले पिएसजीलाई काउन्टर अट्याकमा समस्या दिइरहेको थियो ।

७०औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मारिपानले पेनाल्टी बक्समा नेयमारलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पिएसजीलाई पेनाल्टी प्रदान गर्दा पेनाल्टीमा सरिक भएका नेयमार चुकेनन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी बराबरीमा रोकिन बाध्य बन्यो । प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले यस खेलमा यसै समरमा क्लबमा भित्रिएका रेनाटो सान्चेजलाई पनि डेब्यु गराए ।

नयाँ सिजनमा पिएसजीको यो पहिलो बराबरीको नतिजा हो । बराबरीपछि अपराजित रहेको पिएसजी ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १० अंक नै रहेपनि मार्से र लेन्स गोलअन्तरमा पछि छ । मोनाको ५ अंक जोडेर १२औं स्थानमा छ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.