default_image

3 years ago

August 30, 2022

ब्राजिली मिडफिल्डर वेस्ट ह्याममा अनुबन्धित

262 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली मिडफिल्डर लुकास पाक्वेटालाई अनुबन्ध गरेको छ ।

वेस्ट ह्यामले २५ वर्षीय अट्याकिङ मिडफिल्डर पाक्वेटालाई ५ वर्षको लागि ५० मिलियन युरोमा फ्रान्सेली क्लब लियोनबाट अनुबन्ध गरेको हो । थप एक वर्ष अवधि लम्ब्याउने सकिने विकल्प पनि रहेको छ ।

पाक्वेटा मिडफिल्ड र आक्रमणमा खेल्न सक्ने क्षमता राख्दछ । ब्राजिलबाट ३३ क्याप जितिसकेका पाक्वेटाले सन् २०१९ मा ब्राजिलले कोपा अमेरिका कप जित्दा टोलीका सदस्य रहेका थिए । पाक्वेटाले रियो दि जेनेरियो, इटालियन क्लब एसी मिलान र लियोनबाट खेलिसकेका छन् ।

‘म यहाँ आउन पाउँदा धेरै खुशी छु । मलाई आशा छ कि यो मेरो लागि अर्काे सुरुवात हो । म यहाँ मेरो समयमा सफल हुनेछु ।’ पाक्वेटाले भने, ‘गत सिजन वेस्ट ह्यामले निकै राम्रो खेलेको थियो । मलाई आशा छ कि मेरो समयमा पनि राम्रो हुनेछ । म वेस्ट ह्यामको जर्सीमा टोलीका साथीहरुसँग क्लब र समर्थकलाई उत्साहित बनाउन मद्दत गर्नेछु ।’

प्रशिक्षक डेभिड मोएसले लुकासलाई क्लबमा स्वागत गर्न पाउँदा खुशी रहेको बताएका छन् । वेस्ट ह्यामको यो समरमा आठौं हस्ताक्षर हो । यसअघि वेस्ट ह्यामले जियान लुका स्कामाका, नाएफ अगुएर्ड, इमर्सन पाल्मेरी, म्याक्सवेल कोर्नेट, थिलो केरहर, अलफन्सो एरिओला र फ्लिा डाउनेसलाई अनुबन्ध गरेको थियो ।

पाक्वेटा ८ वर्षको उमेरमा फ्लेमेंगोमा आबद्ध भएका थिए । १८ वर्षको उमेरमा रियो दि जेनेरियोबाट ब्राजिलको स्टेट लिग जित्दै ब्राजिली सिरी ‘ए’ मा डेब्यु गरे ।पाक्वेटा सन् २०१९ मै इटालियन क्लब एसी मिलानमा आबद्ध भएका थिए । त्यहाँ १८ महिनामा उनले ४४ गोल गरेका छन् । उनी २०२० मा लियोनमा पुगेका थिए । फ्रान्समा दुई सिजनमा ८० खेल खेल्दा उनले २१ गोल र १४ असिस्ट प्रदान गरेका थिए ।

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

Success

Thank you for your time.