default_image

2 years ago

August 30, 2022

पुजनसहित १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिर

58 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद)– अर्को महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।

राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गरेपछि १० खेलाडी टोलीबाट बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

दवेन्द्र तामाङ, छिरिङ गुरुङ,निशान खड्का, अमित तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ, जर्जप्रिन्स कार्की र आशिष चापागाई दोस्रो चरणमा छनोट हुन सकेनन् । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।

दोस्रो चरणमा छनोट भएका ३० खेलाडी

गोलकिपर- किरण चेम्जाङ, विकेश कुथे, विशाल श्रेष्ठ, दीप कार्की

रक्षक-अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्ड- तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनीष डाँगी, सुरज ज्यू ठकुरी, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, सन्जोग राई, अन्जन विष्ट

फरवार्ड- विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाज, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.