2 years ago
September 1, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा स्पेजियालाई २–० ले पराजित गरेको हो ।
घरेल मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिच र अर्केडिएस मिलिकले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल गर्न सफल भएका थिए ।
एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको नवौं मिनेटमा डुसानको गोलबाट युभेन्ट्सले अग्रता लिन सफल भएको थियो । उनले झन्डै २५ यार्डमा प्राप्त फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा युभेन्ट्सले दोस्रो गोलको लागि खेलको अन्तिम समय कुर्नुपरेको थियो । परिवर्तित खेलाडी अर्केडिएस मिलिकले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । ८५औं मिनेटमा डुसानको स्थानमा मैदान छिरेका मिलिकले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै युभेन्ट्स ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित स्पेजिया ४ अंक जोडेर १३औं स्थानमा छ ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]