default_image

2 years ago

September 1, 2022

हालान्डसँगै डर्टमुन्डका डिफेन्डर पनि म्यानचेस्टर सिटीमा

104 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट फरवार्ड एर्लिङ हालान्डपछि अर्का खेलाडी पनि अनुबन्ध गरेको छ । सिटीले ट्रान्सफर विन्डोको अन्तिम दिन डिफेन्डर म्यानुएल अकान्जी भित्र्याएको हो ।

सिटीले २७ वर्षीय स्विस डिफेन्डरलाई ५ वर्षका लागि अनुबन्धन गरेको हो । सन् २०१८ मा डर्टमुन्ड पुगेका अकान्जीले त्यहाँ रहेर १ सय ५८ खेल खेलेका थिए । स्विटजरल्यान्डको राष्ट्रिय टोलीबाट ४१ खेल खेलेका उनले विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

अकान्जीले सिटीमा अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘म यहाँ आउँदा एकदम खुसी छु र यात्रा सुरु गर्न आतुर छु । सिटी पछिल्लो केहि वर्षयता युरोपको उत्कृष्ट टोली रहेको छ,’ उनले भने, ‘सिटीको खेल हेर्न पनि राम्रो छ । हरेक वर्ष प्रत्यक ट्रफीको लागि प्रतिस्पर्धा गर्छ । मेरो करिअरको अर्को यात्राको लागि यो राम्रो अवसर हो ।’

‘पेप गुआर्डीओला उत्कृष्ट प्रशिक्षक हुन् । यहाँ खेलाडी पनि निकै राम्रा छन् । म आफूलाई प्रिमियर लिगमा परिक्षण गर्न तयार छु । म क्लबलाई सफल बनाउन सक्दो मिहिनेत गर्नेछु,’ अकान्जीले भने ।

अकान्जी यस सिजन सिटीले अनुबन्ध गरेको पाँचौ खेलाडी बने । यसअघि डर्टमुन्डबाट फरवार्ड हालान्ड पनि सिटी आएका थिए । हालान्डले प्रिमियर लिगमा अप्रत्याशित सुरुवात गर्ने क्रममा ५ खेलमा ९ गोल गरिसकेका छन् ।

सिटी लगातार तेस्रो पटक प्रिमियर लिग उपाधि जित्ने लक्ष्यमा छ । हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न नसकेको सिटीको मुख्य लक्ष्य युरोपमा राम्रो प्रदर्शन गर्ने छ । सिटी यसअघि सन् २०२०/२१ संस्करणको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । गत सिजन भने सिटी रियल म्याड्रिडसँग सेमिफाइनलमा रोकिएको थियो ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.