default_image

2 years ago

September 2, 2022

फुलहमले भिनिसियस र विलियनसहित चार खेलाडी भित्र्यायो

84 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब फुलहमले यस सिजनको खेलाडी सरुवाको अन्तिम दिन ब्राजिली विंगर विलियन र फरवार्ड भिनिसियससहित चार खेलाडीलाई अनुबन्ध गरेको छ ।

फुलहमले यसअघि चेल्सी र आर्सनलबाट खेलिसकेका विलियनसँगै ड्यान जेम्स, कार्लाेस भिनिसियस र लेभिन कुर्जावालाई अनुबन्ध गरेको हो । फुलहमले विलियनलाई फ्रि ट्रान्सफरमा क्लबमा आबद्ध गर्दा भिनिसियसलाई स्थायी खेलाडी र जेम्स र लेभिन कुर्जावालाई एक सिजनको लागि लोनमा आबद्ध गरेको हो ।

फुलहमले यस समरमा अन्तिम खेलाडीको रुपमा लिड्स युनाइटेडका जेम्सलाई भित्र्याएको हो । वेल्सका जेम्स २०२१ को विन्टरमा म्यानचेस्टर युनाइटेडबाट २५ मिलियन युरोमा लिड्समा आबद्ध भएका थिए । तर टोली रेलिगेसन जोनमा संघर्ष गर्दा चार गोल मात्रै गर्न सफल भए ।

चेल्सी र आर्सनलका पुर्व मिडफिल्डर ३४ वर्षीय विलियनले ब्राजिली क्लब कोरिन्थियन्सबाट खेल्दै आएका थिए । तर ज्यान मार्ने धम्की आएको भन्दै उनले ब्राजिली क्लबसँगको सम्झौता रद्ध गरेका थिए ।

विलियनले २०२० मा तीन वर्षको सम्झौतामा आर्सनल जानुअघि चेल्सीमा ७ वर्षको स्पेलमा दुई प्रिमियर लिग उपाधिसहित पाँच ट्रफी जितेका थिए । आर्सनलमा सोचेअनुरुपको प्रदर्शन हुन नसकेपछि उनी कोरिन्थियन्स पुगेका थिए । विलियनले फुलहमको वेबसाइटलाई भने, ‘म यहाँ आउन पाउँदा खुसी छु, म प्रिमियर लिगमा फर्कन पाउँदा खुसी छु । फुलहम एक विशेष क्लब हो । क्लबको सुधारको लागि म आफ्नो शत प्रतिशत दिनेछु ।

फुलहमले फरवार्ड भिनिसियसलाई पोर्चुगिज क्लब बेन्फिकाबाट तीन वर्षको लागि अनुबन्ध गरेको छ । बेन्फिकामा रहेपनि उनले पछिल्लो दुई सिजन टोटेनहम हटस्पर र पिएसभीमा लोनमा बिताएका थिए ।

२९ वर्षीया लेफ्ट ब्याक कुर्जावाले सन् २०१५ मा मोनाकोबाट आएदेखि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनका लागि १५३ खेल खेलिसकेका छन् तर यो अवधिमा लिग १ मा खेल्न बाँकी छ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.