default_image

2 years ago

September 2, 2022

भारतीय फुटबल : बिजेपीका चौबे अध्यक्ष बन्दा भाइचुङको १ मत मात्र

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को निर्वाचनबाट बिजेपी नेता कल्याण चौबे अध्यक्ष बनेका छन् । पूर्व खेलाडी समेत रहेका चौबे ३४ मतमध्य ३३ मत ल्याउँदै अध्यक्ष बने । उनका प्रतिस्पर्धी राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ भुटियाले १ मत मात्र प्राप्त गरे ।

कोलकाताको मोहन बगान र इस्ट बंगालबाट गोलरक्षकको रुपमा खेलेका चौबेले राष्ट्रिय टोलीमा समेत रहेका थिए । सन् २००० को दशकमा भारतले लगातार साफ च्याम्पियनसिप जित्दा उनी टोलीका सदस्य थिए । राष्ट्रिय टोलीबाट मैदानमा उत्रन नपाएपनि एआइएफएफको चुनाव जित्ने उनी पहिलो पूर्व खेलाडी बने । ४५ वर्षीय चौबे कोलकाताको राजनीतिमा पनि चलेका नाम हुन् । उनले सन् २०१९ मा कृष्णनगर क्षेत्रबाट संसदीय चुनाव लडेपनि पराजित भएका थिए ।

एआइएफएफको चुनावमा भारतको ३४ राज्य फुटबल संघले मतदान गरेका थिए । चुनावअघि नै कमजोर मानिएका भुटियाले १ मत मात्र प्राप्त गरे । उनले मतगणना प्रक्रिया जारी रहँदै स्थल छाडेका थिए । भुटियाले चुनावपछि बोल्दै चौबेको नेतृत्वमा भारतीय फुटबलले अझ राम्रो यात्रा तयार गर्ने आशा व्यक्त गरे ।

गत महिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अदालतको हस्तक्षेपपछि भारतमाथि प्रतिबन्ध लगाएको थियो । तर अदालतले आफूले खटाएको तीन सदस्यीय समिति फिर्ता गरेपछि फिफाले केही दिनमै चुनाव गर्नका लागि निलम्बन फुकुवा गरेको थियो ।

कांग्रेसका सांसद तथा कर्नाटक फुटबल संघका अधयक्ष एनए हरिस उपाध्यक्ष निर्वाचित भए । उनले राजस्थानका मन्वेन्द्र सिंहलाई पराजित गरे । त्यस्तै अरुनांचलका किपा अजयले आन्द्र प्रदेशका गोपालकृष्ण कोसाराजुलाई पछि पार्दै कोषाध्यक्ष पदमा निर्वाचित भए । कार्यसमिति सदस्यमा भने १४ जना निर्विरोध निर्वाचित भए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.