default_image

2 years ago

September 2, 2022

कम खेलाडी उतारेको जदाहा फाइनलमा

85 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – सुरुवातदेखि नै एक खेलाडी कम उतारेको जदाहा भेट्रानले सेमिफाइनलमा मिल्स भेट्रानलाई पराजित गर्दै मुस्ताङ विराट मेगा भेट्रान कपको फाइनलमा स्थान पक्का गरेको छ ।

शुक्रबार विराटनगरको सहिद रंगशालामा मिल्सलाई ३-० ले पराजित गर्दै जदाहाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । जदाहाका लागि सुवास सुब्बा, विमल गुरुङ र सन्तोष श्रेष्ठले १-१ गोल गरे । प्रतियोगिताको नियम अनुसार ५० वर्ष माथिका खेलाडी अपुग भएपछि जदाहाले १० खेलाडीमा सिमित रहेर खेलेको थियो ।

अनुभवी डिफेन्डर संजिव बुढाथोकीको उत्कृष्ट प्रदर्शनमा जदाहाले बल पोसेसनमा पकड जमाउँदै खेल जित्यो । खेलको १२ औं मिनेटमा सुवासको गोलमा जदाहाले अग्रता लियो । सुवासले मिडफिल्डबाट आएको पासमा अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा सुन्दर गोल गरे ।

३७ औं मिनेटमा जदाहाका लागि सन्तोष श्रेष्ठले अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्र भित्रबाट निकै कठिन एंगलबाट गरेको प्रहार पोस्टमा लाग्दै गोल भएको थियो । विमलले खेलको ६५ औं मिनेटमा दर्शनीय गोल गर्दै जित सुनिश्चित गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकले बचाउने कुनै मौका पाएनन् ।

यससँगै जदाहाले अब शनिबार हुने फाइनलमा आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी ‘बी’ को सामना गर्नेछ । विहीबार भएको सेमिफाइनलमा आयोजक टोली पराजित भएपनि विजयी टोली सिद्राहाका खेलाडीविरुद्ध प्रोटेस्ट परेको थियो । सिद्राहाका ३०२ को जितमा दुई गोल गरेका हर्क गुरुङको उमेर प्रतियोगिताको नियमभन्दा कम रहेको थाहा भएपछि आयोजकले सिद्राहालाई निष्कासन गरेको हो ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.