3 years ago
September 3, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति छैटौं चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन अन्तरगत समूह चरणको खेल सुरु हुनुअघि टोली घरेलु लिगमा व्यस्त हुनेछ ।

छैटौं चरणको खेलपछि च्याम्पियन्स लिगको समूह चरणको खेलहरु सुरु हुनेछन् । आज (शनिबार) लिभरपुल, चेल्सी, टोटेटहम, म्यानचेस्टर सिटी र वल्भ्सले आ–आफ्ना प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।
मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनको मैदानमा खेल्नेछ । ब्रेन्टफर्डले लिड्स, चेल्सीले वेस्ट ह्याम, न्यू क्यासलले क्रिस्टल प्यालेस, नटिङहमले बर्नमाउथ, टोटेनहमले फुलहम, वल्भ्सले साउथह्याम्टन र लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले भिल्ला पार्कमा एस्टन भिल्लासँग खेल्नेछ ।
एस्टन भिल्लालाई हराउन सके शीर्षस्थानमा रहेको आर्सनललाई पछि पार्दै सिटीलाई कम्तीमा एक दिन शीर्ष स्थानमा उक्लने मौका छ । लगातार पाँचौ जित निकालेको आर्सनलको १५ तथा सिटीको १३ अंक छ । लयमा रहेका नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड टोलीको मुख्य हतियार हुनेछन् । २२ वर्षीय हालान्डले प्रिमियर लिगको शुरुवाती ५ खेलमा दुई ह्याट्रिकसहित ९ गोल गरिसकेका छन् । एक गोलमा असिस्ट पनि छ ।
लगातार पाँच जित निकालेको आर्सनल १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । टोटेनहम ११ अंकसहित तेस्रो स्थानमा रहेको छ । ब्राइटनले १० अंक जोडेको छ । लिभरपुल, लिड्स र यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमको समान ८ अंक छ ।
आजको खेल
एभर्टनविरुद्ध लिभरपुल (साँझ ५ः१५ बजे)
ब्रेन्टफर्डविरुद्ध लिड्स (राति ७ः४५ बजे)
चेल्सीविरुद्ध वेस्ट ह्याम (राति ७ः४५ बजे)
न्यूक्यासलविरुद्ध क्रिस्टल प्यालेस (राति ७ः४५ बजे)
नटिङहमविरुद्ध बर्नमाउथ (राति ७ः४५ बजे)
टोटेनहमविरुद्ध फुलहम (राति ७ः४५ बजे)
वल्भ्सविरुद्ध साउथह्याम्टन (राति ७ः४५ बजे)
एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर सिटी (राति १०ः१५ बजे)
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]