3 years ago
September 4, 2022
एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ ।

नान्टेसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो । १० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको जितमा एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे ।
नान्टेसमा शनिबार राति भएको खेलको १८औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा घरेलु टोली नान्टेस १० खेलाडीमा समेटिन पुग्यो । फावियो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली समस्यामा परेको थियो ।
नान्टेस १० खेलाडीमा समेटिन पुगेपनि पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५४औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
यस खेलमा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले लयमा रहेको ब्राजिली फरवार्ड नेयमारलाई दोस्रो हाफमा एमबाप्पेको स्थानमा मैदान प्रवेश गराएका थिए । तर यो सिजन लिग वानको ५ खेला ७ गोल र ६ असिस्ट दिएका नेयमारले गोल गर्न सकेनन् ।
यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबीसँगै १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]