default_image

2 years ago

September 4, 2022

आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्दै

177 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा आज (आइतबार) राति लिगमा शतप्रतिशत पाँचौ जित निकालेको आर्सनल र पछिल्लो समय जितको लयमा रहेको म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति ९ः१५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा युनाइटेड अपराजित रहेको आर्सनललाई हराउँदै लिगमा पहिलो हार चखाउने लक्ष्यमा मैदानमा उत्रनेछ । आर्सनल पनि युनाइटेडलाई उसकै मैदानमा हराउँदै आफ्नो शत प्रतिशत जितको यात्रालाई कायम राख्न चहान्छ ।

सुरुवाती दुई खेल गुमाएपनि पछिल्लो तीनै खेलमा सफलता हात पारेको युनाइटेड आर्सनलाई हराउँदै कम्तीमा शीर्ष चारमा उक्लने लक्ष्यमा हुनेछ । टोलीसँग मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेस, जेडान सान्चो, क्रिस्टियन एरिक्सन, क्यासमिरो, राफायल भरान, लिसान्द्रो मार्टिनेज, डिएगो डालोट र गोलरक्षक डेभिड हे गेया रहेका छन् ।

यता, आर्सनल पनि युनाइटेडलाई हराउँदै शत प्रतिशत जितसहित आफ्नो शीर्षतालाई थप मजवुत बनाउन चहान्छ । टोलीसँग लयमा रहेका गाब्रियल जेसस, गाब्रियल मार्टिनेली, बुकायो साका, ग्रानिट झाँका, विलियन सालिवा र गोलरक्षक आरोन राम्सडाले रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २७ खेलको नतिजा युनाइटेड हावी छ । युनाइटेडले १२ खेलमा सफलता हात पारेको छ । ८ खेल आर्सनलले जित्दा ७ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा दुवै टोलीले समान एक खेल जितेका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.