default_image

3 years ago

September 6, 2022

च्याम्पियन्स लिग आजबाट सुरु

383 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार) देखि सुरु हुँदैछ ।

यसपटकको च्याम्पियन्स लिग च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोविना नै शुरु हुनेछ । रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । उनीभन्दा पछि फ्रेन्च क्लब पिएसजीका लियोनेल मेस्सी (१२५) रहेका छन् । रोनाल्डो र मेस्सी नै च्याम्पियन्स लिगमा १ सय गोल पूरा गर्ने खेलाडी हुन् ।

आजदेखि सुरु हुने च्याम्पियन्स लिगको समूह चरणको खेलको पहिलो दिन समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’ का विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले स्कटिस क्लब सेल्टिकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । रियल सुखद नतिजाको लक्ष्यमा छ ।

यही रियलको समूह ‘एफ’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले युक्रेनी क्लब साख्तर डोनेसेकसँग खेल्दैछ । समूह ‘ई’ मा क्रोएसिएन क्लब डिनामो जाग्रिवले इंग्लिस क्लब चेल्सीसँग तथा अष्ट्रिय क्लब रेडबुल साल्जवर्गले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ ।

समूह ‘जी’ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डले डेनिस क्लब एफसी कोपेनहेगन तथा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

समूह ‘एच’ मा पोर्चुगिज क्लब बेन्फिकाले इजरायली क्लब माकावी हाइफासँग तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इटालियन क्लब युभेन्ट्ससँग खेल्दैछ ।

च्याम्पियन्स लिगमा आज

समूह ‘ई’ – डिनामो जाग्रिवविरुद्ध चेल्सी (राति १०:३० बजे) र साल्जवर्गविरुद्ध एसी मिलान (राति १२:४५ बजे)

समूह ‘एफ’ – सेल्टिकविरुद्ध रियल म्याड्रिड (राति १२:४५ बजे) र आरबी लाइप्जिगविरुद्ध साख्तर डोनेसेक (राति १२:४५ बजे)

समूह ‘जी’ – डर्टमुन्डविरुद्ध एफसी कोपेनहेगन (राति १०:३० बजे) र सेभियाविरुद्ध म्यानचेस्टर सिटी (राति १२:४५ बजे)

समूह ‘एच’ – बेन्फिकाविरुद्ध माकावी हाइफा (राति १२:४५ बजे) र पिएसजीविरुद्ध युभेन्ट्स (राति १२:४५ बजे)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.