default_image

2 years ago

September 6, 2022

सावित्रा र अनिता चम्कँदा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता लिनबाट चुकेको थियो । नवौं मिनेटमा सात्रिा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो ।

१२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् । ३२औं मिनेटमा गोलरक्षक सविता मोनगेरबाट फुस्किएको बललाई सावित्राले नियन्त्रणमा लिदै गरेको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिइन् । लगत्तै अनिता बस्नेतको क्रसमा सावित्राको हेडर दोस्रो बार च्याप्दै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३५औं मिनेटमा कप्तान पेमा छोदेन छिरिङले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा भुटान बराबरीबाट चुक्यो । ४७औ मिनेटमा सावित्राको पासमा दीपा शाहीको प्रहार पोस्ट नजिकैबाट आकासियो । ५६औं मिनेटमा सावित्रा भण्डारीले एक्लैले बल अघि बढाउँदै पेनाल्टी बक्समा रेखा कुमारी पौडेललाई दिएको पासलाई भुटानी डिफेन्डरले क्लियर गरिदिइन् । ६४औं मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गरेको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो ।

६८औं मिनेटमा सावित्राले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्द नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै अमिशा कार्कीको स्थानमा मैदान छिरेकी रेखा कुमारी पौडेलको चलाखीपूर्ण पासलाई सावित्राले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरिन् । यससँगै सावित्रा भुटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएकी थिइन् । साफमा भुटानविरुद्ध उनको यो १०औं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ४०औं गोल हो ।

७३औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । उनले दुई डिफेन्डरलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

८५औं मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाए । अनिता केसीको क्रसलाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई अनिताले नियन्त्रणमा लिदै गोल गर्न सफल भएकी हुन् ।

यस जितसँगै नेपालले समूह ए मा ३ अंक जोडेको छ । नेपालले अब भदौ २७ गते श्रीलंकाको सामना गर्नेछ । भोली प्रतियोगिताको समूह बी मा दुईइ खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् । दोस्रो खेलमा साँझ ५:३० बजे बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.