3 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत चम्कँदा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालले भुटानलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालको सानदार जितमा सावित्रा र अनिताले समान २-२ गोल गरे । खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता लिनबाट चुकेको थियो । नवौं मिनेटमा सात्रिा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो ।
१२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् । ३२औं मिनेटमा गोलरक्षक सविता मोनगेरबाट फुस्किएको बललाई सावित्राले नियन्त्रणमा लिदै गरेको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिइन् । लगत्तै अनिता बस्नेतको क्रसमा सावित्राको हेडर दोस्रो बार च्याप्दै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३५औं मिनेटमा कप्तान पेमा छोदेन छिरिङले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि प्रहार गर्न ढिला गर्दा भुटान बराबरीबाट चुक्यो । ४७औ मिनेटमा सावित्राको पासमा दीपा शाहीको प्रहार पोस्ट नजिकैबाट आकासियो । ५६औं मिनेटमा सावित्रा भण्डारीले एक्लैले बल अघि बढाउँदै पेनाल्टी बक्समा रेखा कुमारी पौडेललाई दिएको पासलाई भुटानी डिफेन्डरले क्लियर गरिदिइन् । ६४औं मिनेटमा अनिता बस्नेतले एकल प्रयासमा गरेको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो ।
६८औं मिनेटमा सावित्राले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्द नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै अमिशा कार्कीको स्थानमा मैदान छिरेकी रेखा कुमारी पौडेलको चलाखीपूर्ण पासलाई सावित्राले वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरिन् । यससँगै सावित्रा भुटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएकी थिइन् । साफमा भुटानविरुद्ध उनको यो १०औं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ४०औं गोल हो ।
७३औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । उनले दुई डिफेन्डरलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।
८५औं मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपाललाई सानदार जित दिलाए । अनिता केसीको क्रसलाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई अनिताले नियन्त्रणमा लिदै गोल गर्न सफल भएकी हुन् ।
यस जितसँगै नेपालले समूह ए मा ३ अंक जोडेको छ । नेपालले अब भदौ २७ गते श्रीलंकाको सामना गर्नेछ । भोली प्रतियोगिताको समूह बी मा दुईइ खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् । दोस्रो खेलमा साँझ ५:३० बजे बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]