3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) भुटानको सामना गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियम बहराइनमा नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । भुटानलाई हराएर छनोटको समूह ‘बी’ मा रहेको नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
भुटान पनि नेपाललाई हराएर सुखद् सुरुवातको योजनामा रहनेछ । नेपाली यू२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले छनोटको लागि तयारी राम्रो भएको र एसियन कपमा छनोट हुने आशा राखेको समेत बताएका छन् ।
नेपाल रहेको समूह ‘बी’ मा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् । नेपालले सोमबार कतारसँग बिहीबार बहराइनसँग तथा अर्काे साताको आइतबार बंगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू२० एसियन कपमा स्थान बनाउने छन् ।
मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेलेका टोलीमा केही परिवर्तन गरेका छन् । स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर र राकेश विश्वकर्माले टोलीमा थपिएका नयाँ खेलाडी हुन् ।
नेपाली टोली
ईश्वर गुरुङ, टोप बहादुर राना, जियारथ शेख, स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा, राकेश विश्वकर्मा, सञ्जिव लामा, दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान, निरन्जन मल्ल, रोहन खड्गी र सुगम सुवाल, मेघराज केसी (मुख्य प्रशिक्षक), उज्जल मानन्धर (गोलकिपिङ प्रशिक्षक), बाल गोपाल साहुखल (सहायक प्रशिक्षक), पुरुषोत्तम थापा (हेड अफ डेलिगेसन), भगवान बहादुर दर्लामी मगर (टिम अफिसियल), लोकेन्द्र कुँवर (फिजियो) र दिवाकर घले गुरुङ (टिम म्यानेजर) र उमेश दाहाल (मिडिया अफिसर)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]