default_image

3 years ago

September 13, 2022

माल्दिभ्समाथि पाकिस्तानको सानदार जित

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सविरुद्ध सानदार जित निकाल्दै पाकिस्तानले मंगलबार महिला साफ च्याम्पियनसिपको सुखद अन्त्य गरेको छ । दशरथ रंगशालामा भएको समूह एको खेलमा नाडिया खानको ४ गोलसहित पाकिस्तानले माल्दिभ्सलाई ७–० ले हराएको छ । टोलीका लागि रमिन फारिद, खाडिजा काज्मी र अनमोल हिराले समान १ गोल गरे ।

पहिलो हाफमा १–० ले अघि रहेको पाकिस्तानले दोस्रो हाफमा ४ गोल थपेको थियो । रमिनको गोलमा पाकिस्तानले ३९ औं मिनेटमा अग्रता लिएको थियो । झण्डै २५ यार्ड टाढाबाट उनले गोल गरेकी थिइन् । जुल्फिया नजिरको पासमा रमिनले गोल गरेकी हुन् । माल्दिभ्सकी गोलकिपर नजिरको प्रहारलाई ठम्याउन नसक्दा गोल भएको थियो ।

४८ औं मिनेटमा खाडिजाले पेनाल्टीमा टोलीका लागि दोस्रो गोल गरेकी थिइन् । पेनाल्टी बक्समा एसाता रविनबाट बल ह्यान्ड भएपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । ५३ औं मिनेटमा नडियाले एकल प्रयासमा गोल गर्दै टोलीको अग्रतालाई ३–० बनाएकी थिइन् । विपक्षी रक्षकमाथि हाबी रहेकी नाडियाले ७८ औं मिनेटमा गोल गरेकी थिइन् । खाडिजाको लामो पासमा एक रक्षक र गोलकिपरलाई बिट गर्दै नाडियाले गोल गरेकी थिइन् ।

८४ औं मिनेटमा गोल थप्दै नाडियाले ह्याट्रिक पूरा गरेकी हुन् । सुहा हिरानीको पासमा विपक्षी ३ रक्षकलाई बिट गर्दै उनले गरेकी थिइन् । ८९ औं मिनेटमा विपक्षी रक्षकले क्लियर गर्न नसकेको फाइदा उठाउँदै नाडियाले टोलीका लागि छैटौं र व्यक्तिगत चौथो गोल पूरा गरेकी थिइन् । नाडियाको पासमा इन्जुरी समयको पाँचौं मिनेटमा अनमोलले गोल थपेकी थिइन् ।

यी दुई टोली सम्मलित समूह एबाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । दुवै टोलीको सुरुवाती दुई खेलमा कमजोर प्रदर्शन रहेको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा बंगलादेशसँग ६–० ले पराजित भएको थियो । अर्कोतर्फ माल्दिभ्स पहिलो खेलमा बंगलादेशसँग ३–० र दोस्रो खेलमा भारतसँग ९–० ले पराजित भएको थियो । पाकिस्तान झण्डै ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तान साफ च्याम्पियनसिपमा सुखद अन्त्यका साथ स्वदेश फर्कनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.