default_image

2 years ago

September 13, 2022

बंगलादेशलाई पहिलो हाफमा अग्रता

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो हाफमा बंगलादेशले २-० को अग्रता लिएको छ ।

पहिलो हाफको सुरुवातदेखि नै आक्रामक देखिएको बंगलादेशले पटक पटक भारतको डिफेन्सलाई समस्या दिएको छ । भारतले भने तुलनात्मक रुपमा कम बल पोसेसन पाएको छ । काउन्टर अट्याकमा पाएको थोरै आक्रमणमा पनि भारत निकै कमजोर देखिएको छ । बंगलादेशका लागि दुवै फरवार्डले गोल गरेका छन् ।

सातौं मिनेटमा बंगलादेशले बल पोस्टभित्र छिराएपनि गरेपनि रेफ्रीले त्यसलाई गोलको मान्यता दिइनन् । क्रसबाट आएको बललाई बंगलादेशका फरवार्डले नियन्त्रण गर्ने क्रममा गोलरक्षकमाथि फल गरेपछि रेफ्रीले फलको निर्णय सुनाइन् । नवौं मिनेटमा रतनबाला देवी नोङमाइथेमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले दोस्रो प्रयासमा बचाइन् ।

खेलको ११ औं मिनेटमा बंगलादेशले अग्रता लियो । मोसमात सिराज जाहान सोप्नाले गोल गर्दै बंगलादेशलाई अघि बढाएकी थिइन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरिन् ।

खेलको २३ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै गोलरक्षक अदिति चौहानविरुद्ध उत्कृष्ट फिनिस गरिन् । सोप्नाको पासलाई दबाबका बीच नियन्त्रणमा लिँदै कृष्णारानीले सुन्दर गोल गरिन् ।

यस समूहबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३-० र दोस्रोमा माल्दिभ्सलाई ९-० ले हराएको थियो । बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० तथा पाकिस्तानमाथि ६-० को जित दर्ता गरेको थियो । आजको खेलमा बंगलादेश विजयी भए समूह विजेता बन्नेछ ।

नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ए को उपविजेताको सामना गर्नेछ । नेपालको समूहबाट भुटान उपविजेता बन्दै अघि बढेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.