default_image

2 years ago

September 13, 2022

नेपालले दोस्रो पटक सेमिफाइनलमा भारतको सामना गर्ने

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बाह्र वर्षको इतिहास बोकेको महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले दोस्रो पटक सेमिफाइनलमा भारतको सामना गर्नुपर्ने भएको छ ।

दशरथ रंगशालामा जारी च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार सबै संस्करणको च्याम्पियन भारतले बंगलादेशसँग ३–० को अप्रत्यासित हार बेहोरेपछि अन्तिम चारमा नेपालसँगको भेट पक्का भएको हो ।

समूहका सबै खेलमा जित निकालेको बंगलादेश समूह एको विजेता बन्दै अघि बढ्दा भारत भने उपविजेतामा सिमित भयो । एको उपविजेता भारतले समूह बीको नेपालको सामना गर्ने छ भने अर्को सेमिफाइनल बंगलादेश र भुटानबीच हुनेछ । भुटानलाई ४–० र श्रीलंकालाई ५–० ले हराउँदै नेपाल समूह बीको विजेता बनेका थियो । बंगलादेशसँग नमिठो हार बेर्होनुअघि भारतले पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले हराएको थियो ।

यसअघि सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा पनि नेपाल र भारतबीच सेमिफाइनलमा भेट भएको थियो । जसमा नेपाल ३–१ ले पराजित भएको थियो । त्यसबाहेकका सबै फाइनलमा नेपाल र भारत नै भिड्दै आएका छन् । जसमा नेपाल सधै पराजित भएको थियो ।

सेमिफाइनलमा नेपाल र भारतको दोस्रो भेटमा केहि संयोग पनि मिलेको छ । नेपाल र भारतको अन्तिम चारको भेटमा दुवै पटकको कारण बंगलादेश नै बनेको छ । त्यति बेला समूह चरणमा बंगलादेशले भारतलाई गोलरहित बराबरीमा रोकेपछि नेपालसँग सेमिफाइनलमा भिड्नु परेको थियो । त्यहि संस्करणमा अर्को सेमिफाइनल जित्दै बंगलादेश पहिलो पटक फाइनल पुगेको थियो ।

स पटक सबैभन्दा उच्च प्रदर्शन गरेको बंगलादेशले भारतलाई इतिहासमा पहिलो पटक निराश पारेको हो । भारतले छैटौं संस्करणमा आएर पहिलो हार बेहोरेको हो । अर्को संयोजक नेपाली टोलीका प्रशिक्षक हुन् । भारतसँग सेमिफाइनल खेल्नु परेको संस्करणमा कुमार थापा मुख्य प्रशिक्षक थिए । यसपटक घरेलु मैदानमा जारी च्याम्पियनसिपमा पनि उनी थापा टोलीको मुख्य प्रशिक्षक छन् ।

साफको फाइनलमा पहिलो संस्करणमा १–०, दोस्रोमा ३–१, तेस्रोमा ६–० ले भारतसँग पराजित भएको नेपालले २०१६ को सेमिफाइनल नतिजा ३–१ ले सुम्पेको थियो । पाँचौं संस्करणको फाइनलमा भारतसँग नेपाल ३–० ले पराजित भएको थियो ।

भारतसँग लगातारको हारलाई रोक्ने मौका फेरि एक पटक नेपाली टोलीसँग छ । भारतसँगको भेटमा जित निकाल्दै नेपाल पाँचौ पटक फाइनल खेल्छ कि दोस्रो पटक सेमिफाइनलबाट बाहिरिने त्यसका लागि शुक्रबार सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा

वर्ष नेपाल भारत खेल

२०१०, ०-१ फाइनल

२०१२, १-३ फाइनल

२०१४, ०-६ फाइनल

२०१६, १-३ सेमिफाइनल

२०१९, ०-३ फाइनल

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.