default_image

3 years ago

September 14, 2022

एट्लेटिको म्याड्रिडको हार

256 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ । एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो ।

बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे । दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको थियो ।

रोमाञ्चक खेलको ८४औं मिनेटमा रोबर्ट एन्डरिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले जेरेमी फ्रिमपोङको पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा जेरेमी फ्रिमपोङकै पासमा मोउसा डियावीले गोल गर्दै लिभरकुसनको जित पक्का गरे ।

यही समूहको अर्काे खेलमा क्लब ब्रुगले एफसी पोर्टाेमाथि ४–० को फराकिलो जित निकालेको छ । क्लब ब्रुगको जितमा फेरान जुट्ग्ला, कमल सोवाह, एन्ड्रिएस स्कोभ ओल्सेन र एन्टेनियो नुसाले गोल गरे ।

यस नतिजापछि क्लब ब्रुग दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि लिभरकुसन र एट्लेटिको हेड टु हेडमा दोस्रो र तेस्रोमा छ । पोर्टाेले अंकको खाता खोल्न सकेको छैन ।

अन्य नतिजा
समूह ‘ए’ – लिभरपुल
विरुद्ध आयाक्स (–१)
समूह ‘बी’ – बायर लिभरकुसनविरुद्ध एट्लेटिको म्याड्रिड (–०) र एफसी पोर्टाेविरुद्ध क्लब ब्रुग (०–)
समूह ‘सी’ – भिक्टोरिया प्लेजेनविरुद्ध इन्टर मिलान (०–) र बायर्नविरुद्ध बार्सिलोना (–०)
समूह ‘डी’ – स्पोर्टिङ सिपीविरुद्ध टोटेनहम (–०) र मार्सेविरुद्ध फ्रान्कफुर्ट (०–)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.