3 years ago
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा घरेलु समर्थकमाझ नेपालको सामना गर्न कठिन हुने बताएका छन् ।

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि भारत समूह ए को उपविजेता बन्यो । उपविजेता बनेसँगै सेमिफाइनलमा अब घरेलु टोली नेपाल र भारत भिड्ने भएका छन् । नेपाल समूह बी को विजेता बन्दै अन्तिम चरम प्रवेश गरेको थियो ।
बंगलादेशसँग पराजित भएपछि प्रशिक्षक क्षेत्रीले आफ्नो टोलीले खराब खेलेको कारण हारेको बताए । ‘म बंगलादेशलाई बधाई दिन चाहन्छु । उनीहरुले निकै राम्रो खेले । पूरा जोशका साथ खेले । उनीहरुमा खेल्नको लागि भोक देखिन्थ्यो र जित हासिल गर्न सफल रहे,’ उनले भने, ‘म आज खराब दिन भन्दिन, हाम्रो टोलीले नै खराब खेल्यो । हामीले व्यक्तिगत रुपमा र टिमका रुपमा गल्ति गर्यौं । त्यसले नै हामीलाई हारसम्म पुर्यायो ।’
बंगलादेशले दशौं पटकको प्रयासमा भारतलाई हराएको हो । प्रशिक्षक क्षेत्रीले सधैं विपक्षी टोलीको सम्मान गर्ने गरेको बताए । ‘हामीले बंगलादेशलाई कमजोर आँकेका थिएनौं । हामी आज मात्र होइन, सधैं विपक्षीको सम्मान गर्छौं । बंगलादेशले जोशका साथ खेल्यो । मैले टिममा भनेको पनि थिएँ कि आज खेल सहज हुने छैन । म बंगलादेशलाई निकै सम्मान गर्छु,’ उनले थपे ।

प्रशिक्षक क्षेत्रीले सेमिफाइनलअघि हार बेहोर्नुले टोलीका खेलाडीलाई पनि पाठ भएको बताए । ‘आजको हारको जिम्मेवारी म लिन्छु । आज तिम्ले नै राम्रो खेल्न सकेन । हामीले सुधार गर्नुपर्ने पक्ष पनि छन् । हामी त्यसबारे छलफल गरेर अझ बलियो भएर आउनेछौं,’ उनले भने ।
‘हामी उपाधि दाबेदार हौं र अझैपनि उपाधि होडमा छौं । हामी सेमिफाइनलमा नेपालको सामना गर्दैछौं । नेपाल राम्रो टोली हो र आजको खेलले हामीलाई पाठ पढाएको छ । यदि मिहिनेत गरेनौं भने के हुन्छ भन्ने थाहा पाएका छौं । अरु टोलीले हराउन सक्छन् भन्ने पनि खेलाडीले बुझेका छन्,’ क्षेत्रीले थपे ।
प्रशिक्षक क्षेत्रीले नेपालमा घरेलु समर्थकविरुद्ध खेल्न कठिन हुने पनि स्वीकारे । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो हुन्छ किनभने समर्थक पनि साथमा हुन्छन् । हामीले यसअघि विराटनगर पनि खेलेका छौं तर काठमाडौंमा धेरै मान्छे आएर टोलीको समर्थन गर्नुहुन्छ । तर हामीसँग पुरानो अनुभव छ । नेपाललाई नेपालमै हराएका खेलाडी पनि टोलीमा छन् । अब हाम्रो ध्यान उक्त खेलको तयारीमा हुनेछ,’ उनले भने ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]