default_image

3 years ago

September 18, 2022

‘इतिहास रच्न तयार छौं’ – प्रशिक्षक थापा

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले साफ महिला च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्न नेपाली टोली तयार रहेको बताएका छन् ।

फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले ९ साताअघि देखि उपाधिमा अर्जुनदृष्टि रहेको बताउँदै फाइनलका लागि तयार रहेको बताए । ‘हामी फाइनलका लागि तयार छौं । शारीरिक रुपमा, मानसिक रुपमा लगायत सबै पक्षमा हामी फाइनलको लागि तयार छौं । हामीले ९ साता अघि प्रशिक्षण सुरु गरेदेखि नै उपाधिमा अर्जुन दृष्टि राखेका थियौं । अब समय आएको छ । सबै जना एकजुट भएर सन्तुलित टिम तयार गर्नेछौं,’ उनले भने ।

प्रशिक्षक थापाले दशरथ रंगशालामा नेपाली समर्थकमाझ टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास राखेको बताए । उनले भारतविरुद्ध खेलमा दर्शकको समर्थनले खेलाडीलाई उर्जा थपिएको बताउँदै फाइनलमा पनि सोही नतिजा दोहोर्याउने लक्ष्य रहेको बताए । कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि फाइनलमा इतिहास रच्न टोली तयार रहेको बताइन् ।

फाइनलअघि प्रशिक्षक कुमार थापा र कप्तान एन्जिला सुब्बाको भनाइ :

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.