default_image

2 years ago

October 5, 2022

च्याम्पियन्स लिगमा बार्सिलोनाको हार

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सी को तेस्रो खेलमा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले पराजित गरेको हो । इन्टरका लागि पहिलो हाफको इन्ज्युरी समयमा हाकान चाल्हानोग्लुले गरेको गोल नै निर्णायक सावित भयो । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर […]

92 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सी को तेस्रो खेलमा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।

इन्टरका लागि पहिलो हाफको इन्ज्युरी समयमा हाकान चाल्हानोग्लुले गरेको गोल नै निर्णायक सावित भयो । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन् । उनले झन्डै ५ वर्षपछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने अवसर पाएपनि अभागी सावित भयो । ओस्मान डेम्बेलेको शक्तिशाली प्रहार पोस्टमा लाग्यो । त्यस्तै पेड्रीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । खेलको अधिकांश समय बार्सिलोनाले बलमा पकडका साथ इन्टरलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन ।

बार्सिलोनाका प्रशिक्षक जाभीले अर्को साता हुने खेल च्याम्पियन्स लिग भविष्यको लागि निर्णायक हुने बताए । ‘हामीसँग तीन फाइनल खेल बाँकी छन् । हामीले आजको खेल गुमायौं, तर घरेलु मैदानमा दुई खेल बाँकी नै छ,’ उनले भने ।

‘हामीले अझ बढी जोश देखाउनु पर्छ । आज पहिलो हाफ राम्रो खेल्न सकेनौं । हामीले आफ्नो खेलको पनि आत्मलोचना गर्नुपर्छ,’ उनले भने ।

यस हारसँगै समूह सी मा बार्सिलोना तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानमा बायर्नको ९ अंक तथा दोस्रो स्थानको इन्टरले ६ अंक जोडेको छ । बार्सिलोनाको ३ अंक छ भने पुछारको भिक्टोरिया प्लेजनले अंक जोडेको छैन ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.