default_image

2 years ago

October 12, 2022

युभेन्ट्स स्तब्ध

85 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगमा इजरायली क्लब मकावी हाइफासँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु टोली मकावी हाइफासँग २–० ले स्तब्ध बनेको हो ।

युभेन्ट्सलाई स्तब्ध पार्न मकावी हाइफाका ओमेर एट्जिलीले दुवै गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । हाइफामा मंगलबार राति भएको खेलको सातौं मिनेटमा हाइफाको गोलबाट मकावीले सुरुवाती अग्रता लिएको थियो । उनले पिएरे कोरनुडको पासमा गोल गर्न सफल भएका थिए ।

४२औं मिनेटमा ओमेरले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मकावीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा मकावीले महत्वपूर्ण जित निकाल्न सफल भयो । घरेलु टोलविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा युभेन्ट्स पराजित हुन पुग्यो ।

यसअघि युभेन्ट्सले मकावीलाई ३–१ ले पराजित गरेको थियो । मकावीसँगको हारसँगै युभेन्ट्सको नकआउट चरण पुग्ने सम्भावना झिनो बनेको छ ।

समूह ‘एच’ मा पिएसजी र बेन्फिकाको समान ८ अंक भएपनि बढी गोलको आधारमा पिएसजी शीर्ष तथा बेन्फिका दोस्रो स्थानमा छ । युभेन्ट्स र मकावी हाइफाको समान ३ अंक रहेपनि युभेन्ट्स गोलअन्तरमा तेस्रो तथा मकावी पुछारमा छ ।

अन्य नतिजा
समूह ‘ई’ –
डिनामो जाग्रिवविरुद्ध रेडबुल साल्जवर्ग (१–१) र एसी मिलानविरुद्ध चेल्सी (०–)
समूह ‘एफ’ – सेल्टिकविरुद्ध आरबी लाइप्जिग (०–) र साख्तर डोनेस्कविरुद्ध रियल म्याड्रिड (१–१)
समूह ‘जी’ – एफसी कोपेनहेगनविरुद्ध म्यानचेस्टर सिटी (०–०) र बोरुसिया डर्टमुन्डविरुद्ध सेभिया (१–१)
समूह ‘एच’ – मकावी हाइफाविरुद्ध युभेन्ट्स (–०) र पिएसजीविरुद्ध बेन्फिका (१–१)

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

Success

Thank you for your time.