default_image

2 years ago

October 14, 2022

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

168 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा स्कट म्याकटोमिनेले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा संघर्षपूर्ण जित निकालेको छ ।

युनाइटेडले घरेलु मैदानमा साइप्रसको ओमोनिया निकोसियामाथि १–० को झिनो जित निकालेको हो । युनाइटेडको जितमा खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा म्याकटोमिनेले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै युनाइटेड समूह ‘सी’ मा ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित निकोसिया अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल सोसिडाडले १० खेलाडीमा समेटिएको मोल्दोभाको एफसी सेरिफलाई ३–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको छ ।

सोसिडाडको जितमा एलेक्सान्डर सोर्लाेथ, डिएगो रिको र रोबर्ट नाभारोले गोल गरे । एफसी सेरिफ ३३औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्दा त्यसपछि सोसिडाडले सबै तीन गोल गरेको थियो ।

यस जितसँगै रियल सोसिडाड लगातार चार खेलमा जित निकाल्दै १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.