default_image

2 years ago

October 16, 2022

सिजनको पहिलो एल क्लासिको आज

122 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र रियल म्याड्रिडबीचको विश्व प्रसिद्ध सिजनको पहिलो ‘एल क्लासिको’ आज हुँदैछ ।

खेल नेपाली समयअनुसार रातिको ८ बजेपछि रियलको घरेलु मैदान सान्टियागो बर्नबेमा हुनेछ । यो खेल दुवै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।

दुवै टोली यस खेलमा सफलता हात पार्दै ला लिगामा स्पष्ट अग्रता लिन चहान्छ । यो सिजनमा रियल म्याड्रिड र बार्सिलोनाले समान ८ खेलमा ७ जित र १ बराबरीका साथ अपराजित रहेर शीर्ष दुईमा रहेका छन् । यसमा सफलता हात पार्ने टोलीले स्पष्ट ३ अंकको अग्रता लिनेछ ।

कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, फेडे भाल्भेर्डे, लुका मोड्रिच, टोनी क्रुस, ओरेलिएन चुआमेनी, इडुआर्डाे कामाभिंगा, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक एन्ड्री लुनिन रहेका छन् ।

चोटका कारण पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा र ड्यानी सेवालोस टोलीमा हुनेछैन । यसबाहेक टोलीसँग नाँचो फर्नान्डेस, लुकास भास्क्वेज, इडेन हाजार्ड र मार्काे एसेन्सियो रहेका छन् ।

यता, बार्सिलोनासँग रोबर्ट लेवान्डोस्की, राफिन्हा, औसमाने डेम्वेले, पेड्री, पाब्लो गाभी, सर्जियो बुस्क्वेट्स, एलेक्स बाल्डे, एरिक गार्सिया, सर्जी रोबर्टाे र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् ।

यसबाहेक टोलीसँग अन्सु फाती, फ्रान्की डि जोङ, फ्रान्क केस्सी, फेरान टोरेस रहँदा चोटपछि जुल्स कुन्डे र मेम्फिस डिपाएले यही खेलबाट पूनरागमन गर्ने सम्भावना छ ।

स्पेनिस दुई क्लब बार्सिलोना र रियल म्याड्रिडबीचको खेललाई एल क्लासिको नामले परिचित छ । यि दुई टोलीबीचको पहिलो खेल सन् १९०२ मा भएको थियो । कापा डा ला कोरानाकाइनको त्यो खेलमा बार्सिलोनाले रियललाई पराजित गरेको थियो ।

तर, यि दुई टोलीबीचको पहिलो औपचारिक खेल भने सन् १९१६ मा भएको थियो । त्यसयता बार्सिलोना र रियलबीच २ सय ४९ खेल भएको थियो । जसमध्ये रियले १०० ले र बार्सिलोनाले ९७ खेल जितेको थियो । ५२ खेल भने बराबरीमा टुंगिएको छ ।

पछिल्लो दुई खेलमा रियलले बार्सिलोनालाई हराउन सकेको छैन । गत सिजन २१ मार्चले बार्सिलोनाले रियललाई उसकै मैदानमा ४–० ले पराजित गर्दा गत २४ जुलाईमा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले १–० को जित रचेको थियो ।

ला लिगाको एल क्लासिकोमा हालसम्म यी दुई टोलीबीच एक सय ८४ खेल भएको छ । जसमा रियलले ७६ खेल जितेको छ । बार्सिलोनाले ७३ खेल जितेको छ । ३५ खेल बराबरीमा सकिएको छ । सबै खाले एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कूल दुई सय ४९ आधिकारिक खेल भएका छन् । जसमा रियलले १०० खेल जितेको छ । बार्सिलोनाले ९७ खेल आफ्नो पक्षमा पारेको छ । ५२ खेल बराबरीमा सकिएको छ ।

यसमा रियलले ४१५ गोल गरेको छ भने बार्सिलोनाले ४०८ गोल गरेको छ । रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ५०औं आधिकारिक एल क्लासिको भिडन्त हुनेछ । यसमा कस्ले बाजी मार्ला भन्ने चासो र कौतुहलता विश्वभरका फुटबल समर्थकमा छ ।

एल क्लासिकोको इतिहास
अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्द्वी स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबबीचको भिडन्तले विश्वभर तहल्का नै मच्चाउने गर्दछ ।

यो युइएफए यूरोपियन च्याम्पियनसिपको फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय फुटबल खेल हो । यी दुई क्लबहरु स्पेनिस ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.