default_image

3 years ago

October 16, 2022

आर्मी फुटबलको सेमिफाइनलमा

259 views

0 Bookmark

खरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा पुगेको छ । दुई जितका साथ आर्मी अन्तिम चारमा पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा आइतबार आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लब २–० ले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मीले समूह डीबाट सेमिफाइनल पुगेको गण्डकी प्रदेशसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरेका थिए । १०औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले डाइभ दिदै बचाए । १५औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । २९औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

गोल गरेपछि आर्मीले पाराग्लाइडिङका आफ्ना खेलाडी निसिम थापाको निधनप्रति शोक व्यक्त गर्ने क्रममा मौन धारण गरेको थियो । पुलिस समूह बीको अर्को टोली लुम्बिनी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४–० ले हराएको थियो ।

त्यसअघि प्रोटेष्ट लागेका ८ खेलाडीलाई समेत खेलाउने गरि गैर आवसिय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आफ्नो टोली उतार्न खोजेपछि खेल रद्द गर्दै विपक्षी गण्डकी प्रदेशलाई विजयी घोषित गरिएको छ ।

निर्धारित समय भन्दा डेढ घन्टा गोष्टे फुटबल मैदानमा पुगेको एनआरएनले टोलीले प्रोटेष्ट (उजुरी) लागेका ८ खेलाडीलाई समेत सहभागी गराउँदै वार्म अप गराएको थियो । प्रोटेष्ट लागेका खेलाडीलाई खेलाउन नपाउने भन्दै रेफ्रीहरुले सुचित गरेपनि टोलीले अटेर गरेको बताइएको छ । त्यसपछि रेफ्रीले खेल अघि बढाउन नसकिने जानकारी दिदै गण्डकीलाई विजयी घोषित गरिएको थियो ।
प्रदेश १ विरुद्ध गोल गरेका संजोक राई र विमल घर्ती मगरसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, इशान खड्का र अशोक खवासविरुद्ध प्रदेश १ ले प्रोटेष्ट राखेको थियो । नवौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिले ८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर गर्दै उनीहरुले बाँकी खेल खेल्न नपाउने निर्णय गरेको थिए ।

प्राविधिक समितिले टोलीमा बाँकी रहेका १२ खेलाडी मात्र राखेर भने एनआरएनएले खेलाउन पाउने जनाएको थियो एनआरएनए फुटबल टोलीका व्यवस्थापक सन्तोष कार्कीले शनिबार पत्रकार सम्मेलन गर्दै आफूहरुले खेल्न पाउनुपर्ने माग गरेका थिए ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.